आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

एमालेका सभापतिविरुद्ध एक्सन लिन रामहरि खतिवडालाई गगनको सुझाव

एमालेका सभापतिविरुद्ध एक्सन लिन रामहरि खतिवडालाई गगनको सुझाव

  • मिडिया डबली
  • बुधवार, पौष ४ २०८०

  • 4.4K
    SHARES

  • एमालेका सभापतिविरुद्ध एक्सन लिन रामहरि खतिवडालाई गगनको सुझाव

    काठमाडौं - सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको टिप्पणीलाई लिए नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आपत्ति जनाएका छन् ।

    एनसेलको सेयर खरिदबारे प्रतिनिधिसभाका अन्य समितिले गरेको छलफललाई लिएर पोखरेलले दिएको अभिव्यक्तिका विषयमा राज्यव्यवस्था तथा सुशासन समिति सदस्यसमेत रहेका थापाले आपत्ति जनाएका हुन् ।

    थापाले लेखा समिति सभापति पोखरेलको अभिव्यक्तिलाई गम्भीरतापूर्वक सभामुख देवराज घिमिरेसामु उठाउनुपर्ने बताए ।

    राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा नेता थापाले लेखा समिति सभापति पोखरेल निम्न स्तरमा झरेर अर्को संसदीय समितिबारे टिप्पणीमा उत्रिएको भन्दै आपत्ति जनाए ।

    उनले सार्वजनिक अभिव्यक्तिद्वारा प्रतिवाद गर्नुभन्दा पनि सभामुखसँग उक्त अभिव्यक्तिको विषय उठाउनुपर्ने सुझाव समिति सभापति रामहरि खतिवडालाई दिए । पाखरेल एमालेका सांसद हुन् ।

    पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमा एनसेल प्रकरणलाई कमजोर बनाउन अन्य समिति लागेको आरोप लगाएका थिए ।

    ‘सरकारी सुण्डमसुण्डहरू सार्वजिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्डसम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचारलाई छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरू मार्फत विषय बङ्ग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु,’ पोखरेलले लेखेका थिए ।

    राज्यव्यवस्था समितिले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सञ्चारमन्त्री रेखा शर्मालाई बोलाएर एनसेल खरिद बिक्रीबारे छलफल गरेको थियो ।

    ‘संसद्को एक समितिका एक सभापतिले अर्को समितिका विषयमा यस्तो निम्न स्तरमा उत्रिएर टिप्पणी गर्ने हो ? यो संसद्को गरिमा र मर्यादासँग जोडिएको विषय हो,’ थापाले भने, ‘सभामुखसँग यो विषय गम्भीरतापूर्वक उठाउन माग गर्दछु । यो विषयमा समितिका तर्फबाट सभामुखसँग यो विषय जानुपर्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २८ २०७७११:२०:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend