आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस महाधिवेशन चार वर्षमै हुने, मिति नै तोक्ने महामन्त्रीद्वयको तयारी

कांग्रेस महाधिवेशन चार वर्षमै हुने, मिति नै तोक्ने महामन्त्रीद्वयको तयारी

  • मिडिया डबली
  • बिहिवार, मंसिर १४ २०८०

  • 3.6K
    SHARES

  • कांग्रेस महाधिवेशन चार वर्षमै हुने, मिति नै तोक्ने महामन्त्रीद्वयको तयारी

    काठमाडौं - नेपाली कांग्रेसको १५औं महाधिवेशन निर्धारित मितिमै गर्ने गरी गृहकार्य थालिएको छ ।

    विगतमा पाँच–छ वर्षमा महाधिवेशन हुने गरेको थियो । तर अब चार चार वर्षमै महाधिवेशन हुने र पहिले नै मिति तोक्ने कांग्रेसको तयारी छ । कांग्रेसको नीति तय गर्ने गरी पुस १६–१९ हुन लागेको महासमिति बैठकमा ०८२ मा महाधिवेशन सुनिश्चित हुने गरी प्रस्ताव लैजाने गृहकार्य सुरु भएको हो ।

    अलग–अलग प्रतिवेदन लेखनको जिम्मा पाएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनको मिति नै तोकेर प्रस्ताव लैजाने तयारी गरेका हुन् ।

    महासमिति बैठकमा सांगठनिक प्रतिवेदनको जिम्मा महामन्त्री थापा र समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने जिम्मेवारी अर्का महामन्त्री शर्माले पाएका छन् । महामन्त्रीद्वय कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर २४–२६ मा मिति प्रस्ताव गर्ने गृहकार्यमा छन् ।

    प्रत्येक चार वर्षमा हुने गरी २०७८ मंसिर २४ मा भएको १४औँ महाधिवेशनको मितिलाई आधार मान्न लागिएको हो । महामन्त्री थापाले २०८२ मा महाधिवेशन सम्पन्न गर्ने बाटोमा आफू केन्द्रित हुने बताउँदै आएका छन् ।

    त्यसका लागि नीति अधिवेशन महाधिवेशन सुनिश्चत गराउने उपयुक्त थलो हुने थापा र शर्माको बुझाइ छ । विगतमा चार वर्षे कार्यकाल गुजारेपछि थम समय केन्द्रीय कार्यसमितिको म्याद बढाउने गरिन्थ्यो । जसले कांग्रेसको लोकतान्त्रिक आचरण र विचारलाई लत्याउने गरेको धेरैको भनाइ थियो ।

    महामन्त्रीद्वयले प्रस्तावमा निर्वाचनपूर्व गठबन्धन नगर्नेसहित पार्टी रूपान्तरणका विषय समेटेर ठोस दस्ताबेज र दृष्टिकोण दिने तयारी गरेका छन् ।

    बुधबार धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा महासमिति बैठकको तयारी र प्रस्तावको विषयमा छलफल भएको छ । अहिले कांग्रेसको ध्यान कसरी नीति महाधिवेशन सम्पन्न गर्ने, के कस्तो एजेन्डा तयार गर्ने भन्नेमा केन्द्रित भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend