बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला

भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला

  • मिडिया डबली
  • बिहिवार, भाद्र ११ २०८३

  • 639
    SHARES

  • भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला

    काठमाडौँ - रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार बाढी प्रभावित तटीय क्षेत्रहरूबाट लगातार शवहरू फेला पर्ने क्रम जारी छ।

    प्रहरीको तथ्याङ्कअनुसार मृत्यु हुनेहरूमा ४१ जना महिला, ६९ जना पुरुष, १० जना बालिका, ७ जना बालक रहेका छन् भने ५० जनाको हालसम्म पनि पहिचान खुल्न सकेको छैन।

    बाढीको प्रभाव रसुवाबाट सुरु भई विभिन्न जिल्लाहरूमा फैलिएको छ, जसअनुसार रसुवामा २ जना पुरुषको शव भेटिएको छ। त्यसैगरी, नुवाकोटमा ४ महिला, ६ पुरुष र पहिचान नखुलेका २ जनाको शव फेला परेको छ भने धादिङमा ९ महिला, ११ पुरुष, एक बालिका र पहिचान नखुलेका ६ जनाको शव भेटिएको छ। यस्तै, गोरखामा दुई महिला, १० पुरुष, एक बालक र पहिचान नखुलेका ७ जनाको ज्यान गएको पुष्टि भएको छ।

    चितवनमा सबैभन्दा बढी १५ महिला, १९ पुरुष, २ बालिका, ४ बालक र पहिचान नखुलेका २९ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। तनहुँमा एक महिला, ६ पुरुष, एक बालिका र एक बालकको शव भेटिएको छ भने नवलपरासी पूर्वमा ६ महिला, १५ पुरुष, ४ बालिका, एक बालक र पहिचान नखुलेका ६ जनाको शव भेटिएको छ। बाढीले पुर्‍याएको क्षतिकet विस्तृत विवरण सङ्कलन तथा बेपत्ताहरूको खोजी कार्य अझै पनि जारी रहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०८३११:२३:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend