बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २२० पुग्यो, ३६१ जनाको उद्धार

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २२० पुग्यो, ३६१ जनाको उद्धार

  • मिडिया डबली
  • बिहिवार, भाद्र ११ २०८३

  • 834
    SHARES

  • भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २२० पुग्यो, ३६१ जनाको उद्धार

    काठमाडौं - रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २२० पुगेको छ।

    नेपाल प्रहरीका अनुसार विभिन्न जिल्लामा बाढीबाट मृत्यु भएकाहरूको शव फेला पर्ने क्रम जारी छ। सबैभन्दा बढी चितवनमा १०८ जनाको शव फेला परेको छ।

    त्यस्तै, पूर्वी नवलपरासीमा ३२ जना, पश्चिम नवलपरासीमा ६ जना, धादिङमा २७ जना र गोरखामा २० जनाको शव फेला परेको प्रहरीले जनाएको छ।यसैगरी तनहुँमा १३ जना, नुवाकोटमा १२ जना र रसुवामा २ जनाको शव फेला परेको छ।

    बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। हालसम्म ३६१ जना घाइतेको उद्धार गरिएको प्रहरीको तथ्यांक छ। विनाशकारी बाढीका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ भने प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यलाई तीव्र बनाइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०८३०२:३६:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend