आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी

१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी

  • मिडिया डबली
  • मंगलवार, भाद्र ९ २०८३

  • 498
    SHARES

  • १५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी

    काठमाण्डौ- नेपालका प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको नेतृत्वबारे भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले गम्भीर प्रश्न उठाएको छ। इन्डिया टुडेले सोमबार प्रकाशन गरेको एक विश्लेषणात्मक रिपोर्टमा बालेन प्रधानमन्त्री बनेको १५० दिनमै उनको राजनीतिक कमजोर हुँदै गएको उल्लेख गरेको छ।

    ‘हाउ नेपाल्स जेन–जी हिरो बालेन शाह लस्ट हिज पोलिटिकल साइन इन जस्ट १५० डेज’ शीर्षकको रिपोर्टमा बालेनलाई सुरुमा पुरानो राजनीतिक प्रणाली तोड्ने युवा नेताका रूपमा हेरिए पनि अहिले उनैप्रति जनअसन्तुष्टि बढ्दै गएको उल्लेख छ।

    रिपोर्टले भारतबाट ल्याइने सामानमा भन्सार कडाइ, नेपाल–भारत सीमा विवादमा बालेनको अभिव्यक्ति, कूटनीतिक उतारचढाव, राइड सेयरिङ चालक गणेश नेपालीको आत्मदाह, भूमिहीनको विरोध तथा धार्मिक तनावलाई बालेन सरकारका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरेको छ। त्यस्तै, संसद्‍मा बालेनको न्यून उपस्थिति र आफ्नै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग बढ्दो दूरीलाई समेत इन्डिया टुडेले सरकारका लागि अर्को गम्भीर संकेतका रूपमा औँल्याएको छ।

    रिपोर्टअनुसार प्रधानमन्त्री बनेपछि बालेन प्रतिनिधिसभाका ३९ बैठकमध्ये पाँचवटामा मात्रै सहभागी भएका छन्। कुनै समय बालेनलाई सत्तामा पुर्‍याउने युवा पुस्ता नै अहिले सडकमा आएर उनको राजीनामा मागिरहेको उल्लेख गर्दै रिपोर्टले विपक्षमा रहँदा काम लागेको टकरावको शैली सरकार सञ्चालनमा भने पर्याप्त नहुने निष्कर्ष निकालेको छ।

    इन्डिया टुडेका अनुसार पाँच महिनाको छोटो अवधिले नै बालेनको ठूलो जनमत कसरी राजनीतिक संकटमा बदलिन सक्छ भन्ने देखाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०८३११:४८:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend