बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

आफूले बोलाएको पाहुनाकै अगाडि ओलीले दिए प्रचण्डलाई दनक

आफूले बोलाएको पाहुनाकै अगाडि ओलीले दिए प्रचण्डलाई दनक

  • मिडिया डबली
  • सोमवार, कार्तिक १३ २०८०

  • 2.1K
    SHARES

  • आफूले बोलाएको पाहुनाकै अगाडि ओलीले दिए प्रचण्डलाई दनक

     काठमाडौं - संक्रमणकालीन द्वन्द्वको विषय टुंगो लगाउन विभिन्न दलका नेताहरूलाई दबाब दिने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई नेपाल बोलाएका थिए ।

    आफ्नो स्वार्थ पूरा गर्न प्रचण्ड केही हदसम्म सफल पनि भएका छन् । नेपालका ठूला दलका शीर्ष नेतालाई भेटेर गुटेरेसले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन दबाब पनि दिएका छन् ।

    तर प्रचण्डले बोलाएका पाहुनाकै अगाडि एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको झाँको झारेका छन् । एमाले अध्यक्ष ओलीले प्रचण्डकै कारण शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको आरोप लगाएका छन् ।

    राष्ट्रसंघका महासचिव गुटेरेससँगको भेटमा उनले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न प्रधानमन्त्रीको व्यवहार बाधक रहेको आरोप लगाएका हुन् । युद्ध सुरु भएको दिनलाई दिवसको रुपमा मनाउने निर्णय गरेर प्रधानमन्त्री प्रचण्डले हिंसात्मक गतिविधिलाई बढावा दिने काम गरेकाले अप्ठेरो स्थिति बनेको उल्लेख गर्दै ओलीले असन्तुष्टि व्यक्त गरेका हुन् ।

    शान्ति प्रक्रिया टुंग्याउँदा गम्भीर अपराधमा आममाफी हुन नहुने, अन्तर्राष्ट्रिय अभ्यासहरुलाई ध्यान दिनुपर्ने, सर्वोच्च अदालतको आदेश स्वीकार गर्नुपर्ने जस्ता आफ्ना अडान पनि ओलीले गुटेरेसलाई प्रष्टसँग सुनाएका छन् ।

    जवाफमा महासचिव गुटेरेसले आफूले नेपालको शान्ति प्रक्रिया छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको धारणा राखेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend