काठमाडौं - एमाले अध्यक्ष केपी ओली पछिल्लो समय मेडिकल माफिया दुर्गा प्रसाईसँग आगो भएका छन् ।
केही दिनअघि प्रसाईले ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको र त्यसको प्रमाण आफूसँग भएको दाबी गरेपछि उनी आगो भएका हुन् । आफ्नो विरोधमा उत्रिनेलाई ओलीले उसको राजनीतिक भविष्य सक्दै आएका छन् ।
अब पालो दुर्गा प्रसाईको भएको बताइन्छ । माओवादी पृष्ठभूमिका प्रसाईं २०७५ मा एमाले र माओवादी एकतापछि बनेको नेकपाकालमा ओली र प्रचण्ड दुवैका प्रिय थिए। उनले दुई नेतालाई सँगै राखेर खाना खुवाएपछि ‘मार्सी’ नामले चर्चित भएका थिए।
एमालेको केन्द्रीय सदस्य त्याग गरेर राजावादी अभियान थालेका प्रसाईंका गतिविधिमाथि नियन्त्रण गर्न ओलीले सरकारलाई दबाब दिएका छन् ।
एमाले छाडेर ऋण नतिर्ने र राजतन्त्र पुनःस्थापना गर्ने अभियान थालेपछि प्रसाईं र एमाले अध्यक्ष ओलीबीच तिक्त सम्बन्ध रहँदै आएको छ। यो रहस्य प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार खोलेका हुन् ।
आइतबार पार्टी पदाधिकारीको अनौपचारिक बैठकपछि सीमित नेताहरुसँग प्रचण्डले ओलीको दबाब जानकारी दिँदै भनेका थिए– ‘प्रसाईंका गतिविधि नियन्त्रण गर्नुपर्यो भन्ने कुरा ओलीजीले गर्नुभएको छ।’
शुक्रबार सिंहदरबारमा भएको भेटमा ओलीले प्रसाईंको गतिविधिले ‘परिवर्तन विरोधी तत्वलाई सहयोग गरेको’ भन्दै उनलाई नियन्त्रणमा लिन प्रचण्डलाई आग्रह गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।