आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गगन र बालेनले दिए मुकुन्द रिजाललाई अन्तिम श्रद्धाञ्जली

गगन र बालेनले दिए मुकुन्द रिजाललाई अन्तिम श्रद्धाञ्जली

  • मिडिया डबली
  • बिहिवार, भाद्र २१ २०८०

  • 13.0K
    SHARES

  • गगन र बालेनले दिए मुकुन्द रिजाललाई अन्तिम श्रद्धाञ्जली

    काठमाढौं - काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जालीका लागि राष्ट्रिय सभागृहमा राखिएको छ।

    रिजाललाई कांग्रेस महामन्त्री गगन थापा, अर्थमन्त्री प्रकाशशरण महत, काठमाडौं महानगरका मेयर बालेन साह, उपमेयर सुनिता डंगोललगायतका नेताहरूले सभागृह पुगेर श्रद्धाञ्जली दिएका छन्।

    रिजालको दिउँसो साढे २ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गर्ने कार्यक्रम छ। रिजालको बिहीबार बिहान उपचारका क्रममा ग्रान्डी अस्पतालमा निधन भएको हो।

    नेपाली कांग्रेस काठमाडौं ७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजाललाई उच्च ज्वरो र निमोनिया देखिएपछि गत आइतबार अस्पताल लगिएको थियो।

    नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजकसमेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend