आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

भ्रष्टाचारमा डामिएका व्यापारी बचाउमा संगठित रूपमै लाग्यो एमाले

भ्रष्टाचारमा डामिएका व्यापारी बचाउमा संगठित रूपमै लाग्यो एमाले

  • मिडिया डबली
  • मंगलवार, भाद्र १९ २०८०

  • 3.0K
    SHARES

  • भ्रष्टाचारमा डामिएका व्यापारी बचाउमा संगठित रूपमै लाग्यो एमाले

    काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री हुँदा भन्ने गर्थे– भ्रष्टाचारीको त मुख पनि हेर्दिनँ ।

    तर बालुवाटारमा होस् वा आफ्नो निवासमा आइपुगेका नेता, व्यापारी, उद्योगपति जो भ्रष्टाचारमा मुछिएका छन्, उनीहरूलाई ग्वाम्लाङ अंगालो हाल्थे ।

    त्यही भएर उनी प्रधानमन्त्री हुँदा भ्रष्टाचारका ठूल्ठूला काण्ड सार्वजनिक भए । सबैमा एमाले नेता मुछिए । तर ओलीले सबैको संरक्षण गरे । अहिले पनि एमाले संगठित रूपमै भ्रष्टाचारमा मुछिएका नेता वा व्यापारी बचाउमा उत्रिएको छ ।

    एमाले भाटभटेनीका मालिक मीनबहादुर गुरुङदेखि यति होल्डिङ्सबारे सार्वजनिक चुुनौतीमा उत्रिन थालेको छ । ‘सरकारलाई अनुसन्धान गर’ भन्ने गरेका एमाले नेताहरुले ब्यवसायी गुरुङलाई पक्राउ गरेकोमा भने आपत्ति जनाइरहेका छन् ।

    प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन चुनावको केही दिन पहिलेसम्म खाँटी कांग्रेस थिए । कांग्रेसले प्रत्यक्षमा टिकट नदिएपछि रन्थनिएका भट्टचन एमाले प्रवेश गरेर समानुपातिक कोटाबाट संघीय सांसद बनिसकेका छन् ।

    भ्रष्टाचारजन्य घटनामा राजनीतिक दलका एकपछि अर्को नाम जोडिरहेको छ । पछिल्लो समय यति होल्डिङसको चर्चा चलिरहेको छ ।

    यति होल्डिङ्ससँग एमालेकै नाम जोडिएको छ । यतिले सरकारसँग लिजमा लिएका विभिन्न क्षेत्रका जग्गा र यतिले कुनै बेला पर्यटनमन्त्री कसलाई बनाउने भन्ने विषयमा समेत हिस्सेदारी खोज्ने गरेको विषय आउने गर्दथ्यो ।

    यस्तोमा एमाले अध्यक्ष केपी ओलीले यति होल्डिङ्स र वाइडबडीबारे छानविन गर्न चुनौती दिँदै व्यापारीको घाँटी रेट्न सरकार उद्यत रहेको आरोप लगाएका छन् ।

    एमाले अध्यक्ष ओलीले व्यापारीको घाँटी रेट्न सरकार उद्यत रहेको आरोप लगाएकै दिन एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि ललिता निवास जग्गा प्रकरणमा सीआईबीको हिरासतमा रहेका ब्यापारी गुरुङको खुलेरै बचाउ गरे ।

    गुरुङको व्यापारिक साम्राज्यको वकालत गरेका पाण्डेले उनलाई थुनामा राखेर सरकारले गम्भीर गल्ती गरेको आरोप लगाए । गुरुङ नभाग्ने दाबी लिएका पाण्डे मात्रै नभई अन्य नेताहरुले पनि व्यापारीमाथि सरकारले कारबाही गर्दा थुनामा राख्नु वा आक्षेप लागेका विषयमा अनुसन्धान गर्नु नै हुन्न भन्ने जसरी पेस हुन थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend