आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

देशमा अहिले जे छोए पनि सुन हुने अवस्था सिर्जना भएको ओलीको आरोप

देशमा अहिले जे छोए पनि सुन हुने अवस्था सिर्जना भएको ओलीको आरोप

  • मिडिया डबली
  • आइतवार, श्रावण २८ २०८०

  • 2.3K
    SHARES

  • देशमा अहिले जे छोए पनि सुन हुने अवस्था सिर्जना भएको ओलीको आरोप

    काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले भन्सारबाट अहिले जे ल्याउँदा पनि सुन नै आउने गरेको आरोप लगाएका छन् ।

    तर पनि सरकार किन उच्चस्तरीय छानबिन समिति गठनमा सहमत हुन सकेको छैन भन्ने आफूले नबुझेको उनको भनाइ छ । आइतबार पार्टी प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले अहिले सुन प्रकरणले त्यसलाई पुष्टि गरेको बताए ।

    ‘अहिले देश नै गोल्डेन टचको अवस्थामा छ । जे छोए पनि सुन हुने । ब्रेक शु ल्याए पनि सुन । सिगरेट ल्याए पनि सुन । अहिले देशलाई नै बर्बाद पार्ने ढंगले सरकार अघि बढेको छ,’ ओलीले भने ।

    गृहमन्त्री विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि समाउन नसकेर स्टन्टमा लागेको ओलीले बताए । सोही कारण उनले कुनै पूर्वन्यायाधीशको संयोजकत्वमा समिति गठन गर्न भनेको बताए ।

    सुन तस्करीसम्बन्धी प्रतिवेदन गायब गरिएको उनले बताए । पछिल्लो समय भन्सारबाट होइन, अन्तैबाट कारोबार भइरहेकाले राजस्व नउठेको बताएका छन् ।

    माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करसँग लगातार दुई सयभन्दा बढीपटक फोन गर्दा पनि छानबिन नभएको भन्दै उनले आपत्ति जनाए । ओलीले यसरी पनि शासन प्रशासन चल्छ भन्दै प्रश्नसमेत गरे ।

    कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परेकोप्रति उनले आपत्ति जनाए । उनले शर्मालाई पक्राउ घटनाले आफूविरोधीलाई तर्साउने हल्ला फैलाइएको छ ।

    उनले शर्माले शैक्षिक कागजातको छानबिन नगर्न आफूले नभनेको भन्दै सुन तस्करी भएको विषयलाई उठाउँदा एउटा कार्यकर्तालाई उजुरी हाल्न लगाएर सांसदलाई पक्राउ गर्नु कहाँसम्मको न्याय हो ? भनी प्रश्न गरे । सांसदलाई समेत पक्राउ गरिन्छ भनेर तर्साउन खोजिएको उनले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend