काठमाडौं - संवैधानिक परिषद् बैठक सिंहदरबारमा बसिरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी ओली, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपसभामुख इन्दिरा राना सहभागी छन् ।
आजको बैठकले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बताइए पनि कानुनमन्त्री धनराज गुरुङ उपस्थित छैनन् । नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने क्रममा कानुनमन्त्री पनि उपस्थित हुने परम्परा छ ।
त्यसैले आजको बैठकले नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सम्भावना कम भएको बताइन्छ । तर पनि बहुमत सदस्यका आधारमा प्रधानमन्त्री प्रचण्डले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गर्नसक्ने स्रोतले बतायो । संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्री बलियो हुनुपर्ने मानिन्छ । तर अहिले एमाले अध्यक्ष ओली हाबी देखिएका छन् ।
बैठकमा ओली निकट चारजना छन् । रास्वपाकी उपसभामुख राना पनि झापाकै भएकाले ओलीले जे चाह्यो त्यही निर्णय हुने अवस्था छ।
संवैधानिक परिषद्को बैठक एमाले बैठक जस्तो देखिन्छ । ओली, घिमिरे, तिमिल्सिना, कार्की सबै एमालेसँग जोडिएका व्यक्तित्व हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।