बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्ने निर्णयबाट हच्कियो एमाले

गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्ने निर्णयबाट हच्कियो एमाले

  • मिडिया डबली
  • बुधवार, श्रावण १० २०८०

  • 8.6K
    SHARES

  • गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्ने निर्णयबाट हच्कियो एमाले

    काठमाडौं - एमाले संसदीय दलको बैठक सकिएको छ । संघीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकले सशक्त भएर संसदमा प्रस्तुत हुने निर्णय गरेको छ ।

    एमालेले सुन तस्करी काण्डको छानबिनको माग गर्ने र मन्त्रीको जवाफ माग्ने निर्णय गरेको छ । यसअघि एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्ने तयारी गरेको समाचार आएको थियो ।

    एक क्विन्टल सुन बरामद काण्डमा तथ्यगत रिपोर्ट के हो ? सरकारको आधिकारिक धारणा माग्ने एमाले दलको निर्णय छ । एमालेले सुनकाण्डलाई लिएर संसद् अवरुद्ध गर्ने चर्चा चलेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरू एमालेको मागमा पछि नलाग्ने स्पष्ट पारिसकेको छ ।

    एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री श्रेष्ठ सुनकाण्डमा मुछिएको भन्दै उनले पदबाट राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए । तर सदनमा एक्लो हुने अवस्था आएपछि एमाले लचिलो भएर प्रस्तुत हुने भएको छ ।

    यसअघि भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिको विरोध गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेर एमालेले पाँच दिन संसद् अवरोध गरेको थियो ।

    जसकारण अनुचित लेनदेनसम्बन्धी विधेयक संसदमा पेस हुन सकेको थिएन । पछि एमालेले प्रधानमन्त्री प्रचण्डले संसदमा आत्मालोचनासहित जवाफ दिने सहमति गरेर एमाले संसद् सुचारु गर्न राजी भएको थियो ।

    यसपटक भने संसद् अवरोधको तहमा पुग्नबाट हच्किएको छ । यसले एक क्विन्टल सुन बरामद काण्डमा गृहमन्त्री श्रेष्ठको संलग्नता रहेको आरोप लगाउँदै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend