बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

क्रिस्चियानरी मिसनका एकनाथ ढकाल कम्बोडियामा ओलीसँगै

क्रिस्चियानरी मिसनका एकनाथ ढकाल कम्बोडियामा ओलीसँगै

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ५ २०८०

  • 5.2K
    SHARES

  • क्रिस्चियानरी मिसनका एकनाथ ढकाल कम्बोडियामा ओलीसँगै

    काठमाडौं - परिवार दलका अध्यक्ष एकनाथ ढकाल प्रायः विदेशतिरै घुमिरहेका हुन्छन् ।

    एक वर्षमा उनी आधा समय विदेशमै बिताउँछन् । राजनीतिमा छोटो समयमा छलाङ मारेका ढकाल क्रिश्चियन धर्म प्रचारक हुन् ।

    यद्यपि मूलधारका क्रिश्चियन होइनन् । आफूलाई वास्तविक क्रिश्चियन दाबी गर्दै कोरियाली धर्मगुरु सन म्योङ मुनले स्थापना गरेको युनिफिकेसन चर्चमा उनी आवद्ध छन् ।

    यस चर्चको नेपाल च्याप्टरलाई युनिभर्सल पिस फेडरेसन (यूपीएफ) नाममा सञ्चालन गरिएको छ । सामाजिक संस्थाको खोल ओढेर यसले धार्मिक गतिविधि गर्दै आएको छ । ढकाललाई एमालेले समानुपातिक सांसद बनाएको हो ।

    उनको एमाले अध्यक्ष केपी ओलीसँग धेरै राम्रो सम्बन्ध छ । शक्तिकेन्द्र रिझाएर शक्तिशाली बन्ने चरित्रका ढकाल दुई दुईपटक सभासद् र मन्त्री बनिसकेका छन् । यतिबेला उनी ओलीसँगै कम्बोडिया पुगेका छन् ।

    एमाले अध्यक्ष ओलीको नेतृत्वमा एक उच्चस्तरीय टोली निर्वाचनको पर्यवेक्षण गर्न कम्बोडिया गएको हो । ओलीको टोलीमा श्रीमती राधिका शाक्य, उपमहासचिव विष्णु पौडेल र राजन भट्टराई छन् ।

    तर ढकाल पनि ओलीसँगै रहेको तस्बिर सार्वजनिक भएको छ । जुन तस्बिर ओलीको निजी सचिवालयले सार्वजनिक गरेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend