आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बैठकमै महामन्त्री गगन थापालाई सभापति देउवाले खुवाए बर्थ डे केक

बैठकमै महामन्त्री गगन थापालाई सभापति देउवाले खुवाए बर्थ डे केक

  • मिडिया डबली
  • बिहिवार, श्रावण ४ २०८०

  • 2.3K
    SHARES

  • बैठकमै महामन्त्री गगन थापालाई सभापति देउवाले खुवाए बर्थ डे केक

    काठमाडौं - नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाको बर्थ डेको केक काटिएको छ ।

    जारी केन्द्रीय समिति बैठकको तेस्रो दिन बिहीबार ५ बजेतिर महामन्त्री थापाको बर्थ डे केक काटिएको हो ।

    आजको बैठकको अन्तिमतिर सभापति शेरबहादुर देउवाले महामन्त्री थापाको बर्थ डे भएकाले केक शुभकामना दिन र केक काट्ने कार्यक्रम राखिएको जानकारी दिएका थिए ।

    सभापति देउवाले गगन थापालाई जन्मदिनको शुभकामना दिएका थिए । त्यसपछि पालैपालो अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूले महामन्त्री थापालाई बर्थ डे विस गर्दै खादा लगाइदिएका थिए ।

    दिनभरि बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले महामन्त्री थापाको आलोचना गरे पनि अपराह्न उनको बर्थ डे सेलिब्रेसन गरेका थिए ।

    कांग्रेस केन्द्रीय समिति बैठकको फेसबुकमा प्रत्यक्ष प्रसारण भइरहेकाले संसारभर गगन थापाको बर्थ डे सेलिब्रेसन गरेको दृश्य सबैले हेर्न पाएका छन् ।

    कांग्रेसको कुनै पनि बैठकमा यसरी बर्थ डे सेलिब्रेसन गरिएको यो नै सम्भवतः पहिलोपटक भएको बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend