बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

एमाले सदस्यता आधाले घट्दै, केपी ओली युट्युबमा रमाउँदै

एमाले सदस्यता आधाले घट्दै, केपी ओली युट्युबमा रमाउँदै

  • मिडिया डबली
  • सोमवार, श्रावण १ २०८०

  • 2.1K
    SHARES

  • एमाले सदस्यता आधाले घट्दै, केपी ओली युट्युबमा रमाउँदै

    काठमाडौं -केपी ओलीकै पालामा एमालेको संगठन ओरालो लाग्ने देखिएको छ ।

    हालै सम्पन्न पार्टीे सचिवालय बैठकमा प्रदेश इन्चार्जहरूले एमालेप्रति मोहभंग हुँदै गएको र सदस्यता नवीकरण घटाउने दर तीव ढंगले बढेको ब्रिफिङ गरेका थिए ।

    शनिबारको सचिवालय बैठकमा कोशी प्रदेशमा ५० प्रतिशत, मधेसमा ३० प्रतिशत, बागमतीमा ५० प्रतिशत, गण्डकी र लुम्बिनीमा ६० देखि ६५ प्रतिशत, कर्णाली र सुदूरपश्चिममा ३५ देखि ४० प्रतिशतको हाराहारीमा नवीकरणको अवस्थामा रहेको नेताहरूले ब्रिफिङ गरेका थिए । एमालेले १० औं महाधिवेशनमा आठ लाख पार्टी सदस्य रहेको दाबी गरेको थियो ।

    तर अहिलेसम्म तीन लाखले मात्र नवीकरण गरेका छन् । अहिलेकै रफ्तारमा साधारण सदस्य घट्ने हो भने २०८४ को निर्वाचनमा एमाले टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्ने भन्दै नेताहरू चिन्तित बनेका छन् ।

    मंसिरको निर्वाचनमा एमाले लोकप्रिय मतमा सबैभन्दा अगाडि थियो । त्यसपछि नेपाली कांग्रेस थियो । सोही कारण समानुपातिकमा एमालेले कांग्रेसभन्दा बढी सिट पाएको थियो । मधेसमा एमाले पहिलो पार्टी बनेको थियो ।

    अहिले त्यहीँ ३० प्रतिशतले मात्र नवीकरण गर्नुले एमाले कार्यकर्ता विभिन्न पार्टी वा तठस्थ बसेको बुझिन्छ । एमालेको सदस्यता नवीकरण गर्नेहरुको संख्या आधै घटेको बेला अध्यक्ष ओलीले भने आफ्नो युट्युब च्यानल ‘केपी बा’ खोलेका छन् । उनले आफ्नो युट्युब च्यानललाई सब्सक्राइब गर्न सार्वजनिक अपिल गरेका छन्।

    पार्टी ओरालो लागे पनि युट्युब च्यानल ‘केपी बा’ मार्फत ओली भाइरल हुने पक्का छ। आइतबार बिहान फेसबुकमार्फत् उनले आफू पाँच हजार फिटमाथिबाट उडिरहेको हेलिकप्टरबाट झरेको घटनालाई स्मरण गर्दै यस्तै आफ्नो जीवनका थुप्रै कुराहरू यही च्यानलमा राख्ने बताएका छन् । ओलीको युट्युव च्यानलमा अहिले ५२ सय सब्सक्राइबर छन् । हालसम्म ३० वटा भिडिओ राखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend