आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेस महामन्त्री थापाले अनलाइनबाटै मागे केन्द्रीय समिति बैठकका लागि सुझाव

कांग्रेस महामन्त्री थापाले अनलाइनबाटै मागे केन्द्रीय समिति बैठकका लागि सुझाव

  • मिडिया डबली
  • आइतवार, आषाढ ३१ २०८०

  • 2.0K
    SHARES

  • कांग्रेस महामन्त्री थापाले अनलाइनबाटै मागे केन्द्रीय समिति बैठकका लागि सुझाव

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकका लागि अनलाइनबाटै सुझाव मागेका छन् ।

    बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक गतिविधिलगायतका विषयमा छलफल हुने भन्दै उनले आफूलाई सुझाव दिनेहरूले इमेल गर्नसक्ने बताएका छन् ।

    महामन्त्री थापाले सामाजिक सञ्जालमा सम्पूर्ण गाउँनगर, टोलमा रही नेपाली कांग्रेस र चार तारे झन्डालाई माया गर्ने कांग्रेसजन र शुभेच्छुकहरूमा आग्रह गरेका छन् ।

    एघार महिनापछि साउन २ गतेदेखि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । एक सातासम्म चल्ने बैठकलाई लिएर अहिले सर्वत्र चासो उत्पन्न भएको छ ।

    पार्टी रुपान्तरणको कुरा उठिरहँदा के कस्ता एजेन्डा हुन सक्छन् भनेर महामन्त्री थापाले इमेल र अनलाइनबाटै सुझाव मागेका हुन् ।

    ‘करिव एघार महिनाको अन्तरालपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक गतिविधिलगायतका विषयमा छलफल हुनेछ । यसबीचमा विभिन्न जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय कार्यसमितिमा राख्ने नै छु।

    नेपाली कांग्रेसको बैठकमा राख्नुपर्ने विषय र एजेण्डाका बारेमा आफ्ना विचार र सुझाव दिन चाहनुहुन्छ भने कृपया मेरो व्यक्तिगत इमेल [email protected] अथवा यसै पोस्टको कमेन्टमा राख्नुहुन सम्पूर्ण गाउँनगर, टोलमा रही नेपाली कांग्रेस र चार तारे झन्डालाई माया गर्नु हुने कांग्रेसजन र शुभेच्छुकहरूमा आग्रह गर्न चाहन्छु,’ थापाले लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend