आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीले धोका दिएपछि माधवलाई वामदेवको फोन

ओलीले धोका दिएपछि माधवलाई वामदेवको फोन

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १५ २०८०

  • 3.9K
    SHARES

  • ओलीले धोका दिएपछि माधवलाई वामदेवको फोन

    काठमाडौं  - राजनीति भनेको बलेको आगो जस्तै हो । मान्छेले बलेको आगो मात्र ताप्छन्, निभेको आगो ताप्ने कोही हुन्न ।

    राजनीतिमा पनि त्यही हो । जो बलियो छ, लोकप्रिय छ, संगठन बनाउने क्षमता राख्छ, त्यसैलाई हो सबै मन पराउने ।

    पार्टीमा महत्वपूर्ण ठाउँ दिने । अहिले यस्तै महसुस गरिरहेका छन् वामदेव गौतम । अस्थिर र बोलीको ठेगान नभएका नेताको परिचय बनाएका वामदेव सानो कुरामा पनि हौसिने स्वभावका छन् । त्यही भएर उनले पटकपटक धोका खाने गर्छन् ।

    कतिसम्म भने महाकाली सन्धिको विषयलाई लिएर उनले एमाले नै फुटाए । माले बनाए । चुनावमा माले पत्तासाफ भएपछि फेरि एमाले फर्के । मन्त्री बने । पार्टीको उपाध्यक्ष बने । फेरि उनले एमाले छाडे ।

    उनले एमाले छाड्ने बेलामा केपी ओली अध्यक्ष भइसकेका थिए । ओली तिनै नेता हुन् जो अब वामदेवको औचित्य र हैसियत केही नरहेको भन्दै पार्टीमा कुनै भूमिका नदिने । तर पनि उनी वामदेवलाई इन्गेज भने गराइरहन चाहन्छन् ।

    आफू फेरि अध्यक्ष बन्न ओलीले ७० वर्षे प्रावधान हटाउन लगाए । भन्ने बेला वामदेव गौतमहरू आउन बाटो खुला गरिदिएको हो भने । तर जब वामदेवले एमाले आउन खुट्टा उचाले, ओलीले वास्तै गरेनन् ।

    त्यही भएर अहिले वामदेव ओलीको सत्तोश्राप गर्न थालेका छन् । एमालेले ७० वर्षे प्रावधान निलम्बन गरेपछि आफूलाई च्यासल बोलाएर ओलीले अपमानित गरेको भन्दै वामदेवले एकीकृत समाजवादीका नेताहरुलाई फोन गर्न थालेका छन् ।

    उनले माधव नेपाललाई फोन गरेर ‘अब केपीसँग जाने कुनै सम्भावना छैन’ भनेको बताइन्छ । एकीकृत समाजवादीमा पनि ७० वर्षे उमेरहद रहेकाले त्यसलाई हटाउन वामदेवले प्रयत्न गरेको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend