आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सदस्यता प्रणाली नै सुधार गरेर कांग्रेसमा गुट भत्काउनुपर्छः गगन थापा

सदस्यता प्रणाली नै सुधार गरेर कांग्रेसमा गुट भत्काउनुपर्छः गगन थापा

  • मिडिया डबली
  • शुक्रवार, जेठ १९ २०८०

  • 5.0K
    SHARES

  • सदस्यता प्रणाली नै सुधार गरेर कांग्रेसमा गुट भत्काउनुपर्छः गगन थापा

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका गुट गिरोहमा परिणत भएको आरोप लगाएका छन् ।

    उनले सदस्यता प्रणाली नै सुधार गरेर कांग्रेसमा गुट भत्काउनुपर्ने बताएका छन् । प्रेस युनियनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले भने, ‘पार्टीभित्रका गुट गिरोहजस्ता भए। अब गुट भत्काउनुपर्‍यो। सदस्यता प्रणाली नै सुधार गरेर गुट भत्काउनुपर्छ।’

    पार्टीले भोट पाए पनि विश्वास गुमाउँदै गएको उल्लेख गरे । उनले पार्टी सभापति शेरबहादुर देउवाले करिब डेढ वर्षदेखि एकलौटी निर्णय गर्दै आएको उल्लेख गरे ।

    ‘कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्वपूर्ण, दीर्घकालीन महत्वको र जनचासोका विषयहरू निर्णय गरेको छ। रेशम चौधरीलाई आममाफी दिने निर्णय, नागरिकता विषय, प्रदेश सरकारमा कांग्रेसको सहभागिता र मन्त्रालय तोडफोड र सांसद विकास कोषलगायतबारे सभापतिले एक्लै गरेको निर्णय हो,’ उनले भने।

    पार्टीको हित नगर्ने गलत किसिमका निर्णयको विरोध गरिने थापा बताउँछन्। ‘पार्टीका आधारभूत मान्यतासँग बाझिने गरी गरिएका निर्णय छन्, त्यसको भारी पार्टीमा परेको छ। यो क्रम रोकौं,’ उनले भने, ‘लडेर, जुधेर, संघर्ष गरेर रोक्ने हो। म काम गर्ने तरिका बदल्न चाहन्छु। पार्टीका साथीहरू पनि नयाँ भूमिकाका लागि तयार हुनुपर्छ ।’

    अहिले नेपाली कांग्रेसलाई नवधनाढ्यले बिगारेका थापाले बताए । चुनाव लड्न पैसा चाहिने अहिलेको परिपाटीले पार्टीमा धनी मानिसको हालीमुहाली बढेको उनको भनाइ छ ।

    २०८४ को निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा जनताले रोजेको र चाहेको उम्मेदवार बनाउने बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend