झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित कार्यक्रममा झडप एको छ। बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थल बाहिर प्रहरी र प्रदेश नामकरणसँग असन्तुष्ट रहेको समूहबीच झडप भएको हो।
ओलीले सम्बोधन गर्ने कार्यक्रमस्थल तर्फ प्रदेश नामाकरणसँग असन्तुष्ट समूह जान खोजेपछि प्रहरीले रोकेको थियो। प्रहरीले कार्यक्रमस्थलमा जान नदिएपछि प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए। त्यसपछि लाठी चार्ज गरिएको झापाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
झडपमा परी दुई जना प्रहरी घाइते भएका छन्। इलाका प्रहरी कार्यालय, धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।