आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

ओली र प्रचण्डबीच बोलचाल नै बन्द, विष्णु पौडेलको सन्देशले काम गरेन !

ओली र प्रचण्डबीच बोलचाल नै बन्द, विष्णु पौडेलको सन्देशले काम गरेन !

  • मिडिया डबली
  • शनिवार, श्रावण १७ २०७७

  • 11.2K
    SHARES

  • ओली र प्रचण्डबीच बोलचाल नै बन्द,  विष्णु पौडेलको सन्देशले काम गरेन !
    प्रचण्ड र ओली

    काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी  नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवाद नै हुन् छाडेको छ ।

    पछिल्लो चार दिनयता उनीहरुबीच औपचारिक रुपमा संवाद  नै भएको छैन । गत मंगलबार डाकिएको स्थायी कमिटीको बैठक ओलीले अनिश्चितकालका लागि स्थगित गरेका थिए ।

    तर, यसलाई अस्वीकार गर्दै बालुवाटारमा प्रचण्डले बहुमत सदस्यको स्थायी कमिटीको बैठक राखे । सोही दिन दुई अध्यक्षबीच कुराकानी भएयता संवाद भएको छैन । जस कारण नेकपाभित्रको विवाद पेचिलो र सकसपूर्ण बन्दै गएको छ ।

    ओलीको असहमतिका बाबजुद प्रचण्डले राखेको स्थायी कमिटीको बैठकले स्थगित बैठकलाई सुचारु गर्न अर्का अध्यक्ष ओलीसँग सल्लाह गरेर पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । तर, सोही बैठकले चिसोपना बढाएपछि प्रचण्डलाई बैठक सुचारुका लागि पहल गर्न सकस परेको देखिन्छ ।

    यही साउन १३ गते अघि केही हप्ता ओली र प्रचण्डबीच दैनिक बालुवाटारमा छलफल हुन्थ्यो । तर, अहिले बैठक सुचारु गर्न पहलका लागि प्रचण्ड ओलीलाई भेट्न गएका छैनन् ।

    बरु ओलीका विश्वासपत्र तथा पार्टीका महासचिव विष्णु पौडेललाई बिहीबार आफ्नो निवास खुमलटार बोलाएर प्रचण्डले सन्देश पठाएका छन् ।

    प्रचण्डले महासचिव पौडेलमार्फत ओलीलाई निकास निस्कनेगरी छलफलमा बस्न प्रस्ताव गरेका छन् । प्रचण्डले महासचिव पौडेललाई बोलाएर विवाद समाधान गर्ने गरी छलफलका लागि तयार हुन ओलीलाई बैठकको समय मिलाउन प्रस्ताव गरेका हुन् ।

    तर, सो प्रस्ताव बालुवाटार पुगेको २४ घण्टा बित्न लाग्दा पनि प्रगति भएको देखिँदैन । दुई अध्यक्षबीचको दूरी घटाएर ओली र प्रचण्डलाई आमनेसामने बसेर छलफल गर्ने वातावरण बनाएको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ९ २०७७०४:३३:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend