काठमाडौं–सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतम गुटको विषयले दोधारमा देखिएका छन्। पार्टी भित्र विवाद बढ्दै जाँदा उनी अध्यक्ष केपी शर्मा ओली कि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहमा रहने भन्नेमा दोधारमा परेका हुन् ।
प्रधानमन्त्री र अध्यक्षबाट ओलीसँग राजीनामा मागे गौतम अहिले सो मागबाट पछि हटेर ओली क्याम्पमा आफ्नो स्थान सुरक्षित राख्ने मनस्थितिमा छन् ।
संघीय संसद सदस्य नरहेका गौतम प्रधानमन्त्री बन्ने लालसामा राष्ट्रिय सभा सदस्य हुँदै प्रधानमन्त्री बन्ने बाटो खुलाउन ओलीइतर नेताहरुलाई मनाएर संविधान संशोधन गर्ने पार्टीबाट निर्णय गराउनसमेत सफल भएका थिए ।
तर, प्रधानमन्त्री बन्ने व्यक्तिको चाहना पूरा गर्न संविधान संशोधन गर्न लागेको भन्दै चौतर्फी आलोचना र ओलीको अडानका कारण सो निर्णय अघि बढ्न सकेन । गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीको राजीनामा माग्ने मध्येका एक नेता पनि वामदेव गौतम ।
गौतमसहित प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहित स्थायी कमिटी सदस्यहरुले ओलीको राजीनामा मागेका थिए । ओलीको राजीनामा माग्दा एक भएका प्रचण्ड, नेपाल, खनाल र गौतम आफ्नो प्रतिरक्षामा देखिन्छन् ।
राजीनामा नदिने ओलीको अडान बलियो हुँदै जाँदा प्रचण्ड र गौतम आफ्नो रक्षामा लागेका छन् । सार्वजनिक रुपमा आफू प्रचण्ड समूहमै रहेका गौतम ओलीले राजीनामा दिनुपर्छ भन्ने माग अहिले आफ्नो नरहेको बताएका छन् ।
सो अभिव्यक्तिमा गौमत ओली समूहमा आफूलाई सुरक्षित राख्ने अभिप्राय देखिन्छ । ओलीको राजीनामा माग्ने प्रस्ताव पार्टीको नरहेको प्रष्ट्याउँदै उनले जसले राम्रो प्रस्ताव ल्याउँछ आफू सोही समूहमा रहने पनि बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।