आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

ओलीकै इच्छामा बनेको सल्लाहकारद्वारा विरोध, जनता सडकमा आएपछि पचाए लाज

ओलीकै इच्छामा बनेको सल्लाहकारद्वारा विरोध, जनता सडकमा आएपछि पचाए लाज

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १६ २०७७

  • 11.1K
    SHARES

  • ओलीकै इच्छामा बनेको सल्लाहकारद्वारा विरोध, जनता सडकमा आएपछि पचाए लाज

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीकै इच्छामा बनेको पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाको विरोधमा उनकै सल्लाहकार देखिएका छन्।

    गुरुयोजनाको विरोधमा जनता जागेपछि ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई लाज पचाउँदै विरोधमा उत्रिएका हुन्।  कोषले ल्याउन लागेको नयाँ गुरुयोजना कुनै पनि हालतमा लागू हुन नदिने भट्टराईले दाबी गरिरहेका छन्।

    ‘स्थानीय, प्रदेश, संघका कुनै जनप्रतिनिधि, पार्टीका नेता, स्थानीय जनतालाई थाह नदिई सुटुक्क ल्याउन खोजेको गुरुयोजना लागू हुन सक्दैन, पास हुन दिईदैन,’ उनले भनेका छन्। 

    गुरुयोजनामा सबैभन्दा अनौठो कुरा त गुहेश्वरी भन्दा केही पूर्व त्रिभुवन विमानस्थलको छेउमा २५० रोपनी क्षेत्रफलमा तलाउ निर्माण गर्ने भनिएको छ ।

    त्यति ठूलो तलाउ विमानस्थलको छेउमा बनाउँदा तलाउमा विभिन्न किसिमका चराचुरुंगी आउने र विमान दुर्घटना हुन सक्ने स्थानीय बुद्धिजीवीले बताएका छन् ।

    तर, सरकारले ल्याउन लागेको गुरुयोजनामा जनता असन्तुष्ट हुँदा गुरुयोजना सच्चाउन पहल गर्ने तहमा रहेका भट्टराईले लाज पचाएपछि जनता अचम्मित बनेका छन्।

    गुरुयोजनामा भएका त्रुटी भट्टराईले सच्चाउन भूमिका खेल्न सक्छन्। प्रधानमन्त्रीका सल्लाहकारले दिएको सुझाव गुरुयोजना निर्माणकर्ताले नमान्ने पक्कै हुँदैन। तर, गुरुयोजना सच्चाउन पहल गर्ने भन्दा जनता सामु लाज पचाउन विरोधमा उत्रिएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २१ २०७७०९:२२:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend