बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

उपचुनावको मुखमा किन निराश छन् केपी ओली ?

उपचुनावको मुखमा किन निराश छन् केपी ओली ?

  • मिडिया डबली
  • मंगलवार, बैशाख ५ २०८०

  • 2.8K
    SHARES

  • उपचुनावको मुखमा किन निराश छन् केपी ओली ?

    काठमाडौं- आगामी वैशाख १० गते तीनवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । बारा २, चितवन २ र तनहुँ १ मा एमालेले आफ्नै उम्मेदवार उठाएको छ । बारा २ मा पुरुषोत्तम पौडेल, चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई एमालेले उम्मेदवार बनाएको छ । तर तीनवटै निर्वाचन क्षेत्रमा एमाले प्रतिस्पर्धामा समेत नभएको सूचना पाएपछि अध्यक्ष केपी ओली निराश देखिएका छन् । 

    भाइरल ज्वरोका कारण केही दिनदेखि ओली बालकोटस्थित घरमै आराम गरिरहेका छन् । यसबीचमा उनले तीनवटै निर्वाचन क्षेत्रबाट सूचना बटुलेका थिए । जसमा एमालेको प्रभाव तीनवटै क्षेत्रमा नरहेको सूचना पाएपछि ओली निराश बनेका हुन् । त्यसैले उनले फेसबुकमार्फत आफ्ना उम्मेदवारलाई जिताउन उनले भोट मागेका छन् । 

    यो उपनिर्वाचनले सत्ता समीकरणमा केही फेरबदल नपारे पनि आगामी पाँच वर्षमा दलहरूको हैसियत भने अवश्य मापन गर्ने छ । त्यही भएर अहिले उपनिर्वाचनलाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिष्ठाको विषय बनाएका छन् । एमालेले पनि प्रतिष्ठाको विषय बनाउनुपर्ने हो । तर त्यो पार्टीका शीर्ष नेता कोही पनि उपनिर्वाचनमा खटिएका छैनन् । बरु सचिव योगेश भट्टराई भने चितवन पुगेर रवि लामिछानेमाथि फायर खोले । गोकुल बास्कोटालाई चुनावी कमान्डर बनाएको एमालेका अन्य पदाधिकारी भने काठमाडौंमै मुख थुनेर बसेका छन् ।

    एमालेमा रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली उपाध्यक्ष छन् । तर चितवन घर भएकै बादलसमेत चुनावी प्रचारमा हिँडेका छैनन् । महासचिव शंकर पोखरेल आफैं प्रतिनिधिसभामा पराजित भएकाले उनी चितवन जाने हिम्मत जुटाउन सकिरहेका छैनन् । उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल त कहीँकतै सिनमा समेत देखिएका छैनन् । 

    स्रोतका अनुसार केपी ओलीले चितवन २ मा रास्वपाका रवि लामिछाने र कांग्रेसका जितनारायण श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने सूचना पाएका छन् । तनहुँ १ मा पनि कांग्रेसका गोविन्द भट्टराई र रास्वपाका स्वर्णिम वाग्लेबीच कडा प्रतिस्पर्धा हुने एमालेको बुझाई छ । तर केही एमाले मिडियाले भने भट्टराई र वाग्लेको लडाईमा सर्वेन्द्रले जित्ने लेख्न थालेका छन् । जबकि तनहुँमा उम्मेदवारी चयनकै विषयमा स्थानीय पार्टीभित्र आक्रोश हुँदा कार्यकर्ता परिचालित भएका छैनन् ।

    विभिन्न जनसंगठनका अधिवेशनमा पार्टी नेतृत्वप्रति तीव्र आक्रोश देखिनु, ‘मिसन ग्रासरुट’ले समेत पार्टीलाई चलायमान गराउन नसक्नु, झापाबाट पार्टीका पुराना र लोकप्रिय नेता नरेश खरेलसहितको ठूलो पंक्तिले पार्टी परित्याग गर्नु, स्ववियु निर्वाचनमा अपेक्षित नतिजा हात नपार्नुले पनि अहिले ओलीमा चरम निराशा देखिएको स्रोतले बताएको छ । त्यही भएर यसअघि पार्टी छोडेर गइहाले हुन्थ्यो भनिएका भीम रावललाई केन्द्रीय कार्यालय च्यासलमै बोलाएर एमाले नेताहरूले पार्टी नछाड्न अनुनय विनय गरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १७ २०७७१०:२५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend