काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्ने बताएका छन् ।
बिहीबार पार्टी निकट पेशागत महासंघको कार्यक्रममा उनले कुनै दिन सभामुखविरुद्ध पनि महाअभियोग ल्याउन बेर नलगाउने टिप्पणी गरेका हुन् ।
‘राष्ट्रपतिज्यूलाई महाअभियोग लगाउन खोजेका थिए, कुन दिन सभामुखविरुद्ध पनि ल्याउन बेर लगाउँदैनन्, लाजशरम भन्ने छैन, के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुनै सीमा छैन’ अध्यक्ष ओलीले भने ।
प्रतिनिधिसभामा २५ प्रतिशत सांसदले सभामुखले पद अनुसार आचरण नगरेको भनी भनी प्रस्ताव पेश गर्न सकिने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ । ओलीले सत्ता गठबन्धनले सभामुखविरुद्ध यही प्रस्ताव ल्याउन सक्ने आशंका गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।