आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

तीन महिनाभित्र चितवनमा उपनिर्वाचन भए रवि उम्मेदवार बन्न नपाउने, यस्तो छ कानुनी व्यवस्था

तीन महिनाभित्र चितवनमा उपनिर्वाचन भए रवि उम्मेदवार बन्न नपाउने, यस्तो छ कानुनी व्यवस्था

  • मिडिया डबली
  • सोमवार, माघ २३ २०७९

  • 4.7K
    SHARES

  • तीन महिनाभित्र चितवनमा उपनिर्वाचन भए रवि उम्मेदवार बन्न नपाउने, यस्तो छ कानुनी व्यवस्था

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संसद् यात्रा कठिन बन्ने देखिएको छ ।

    नेपालको संविधानअनुसार अबको तीन महिनासम्म उनी कुनै निर्वाचनमा उठ्न पाउने छैनन् । संविधानको धारा २९१ मा विदेशको स्थायी आवासीय अनुमतिपत्र त्यागेको व्यक्ति कम्तीमा तीन महिना कुनै पनि पदमा निर्वाचित हुन, नियुक्ति खान र मनोनयनका लागि अयोग्य हुने व्यवस्था छ ।

    उक्त धाराको उपधारा (१) मा भनिएको छ, ‘यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनीत वा नियुक्तिको लागि योग्य हुने छैन ।

    तर, विदेशको स्थायी आवासीय अनुमतिपत्र त्यागेको व्यक्तिलाई कम्तीमा तीन महिनाको अवधि व्यतित भएपछि त्यस्तो पदमा निर्वाचित, मनोनीत वा नियुक्त गर्न बाधा पर्ने छैन ।’ उपचुनावमार्फत सांसद जितेर नआउँदासम्म गैरसांसदका रुपमा ६ महिना गृहमन्त्री खाने लामिछानेको योजना तत्काल संविधानको यो व्यवस्थाको प्रतिकूल देखिन्छ ।

    त्यसो त लामिछानेले दोहोरो राहदानी प्रयोग गरेको तथ्य सार्वजनिक भइसकेकाले उनलाई जुनसुकै बेला फौजदारी कसूर लाग्ने अवस्था विद्यमान छ । त्यस्तो अवस्थामा निर्वाचनसम्बन्धी ऐनले उनलाई मनोनयन दर्ताका लागि अयोग्य ठहर गर्छ ।

    सर्वोच्च अदालतको फैसलापछि बल्ल नागरिकता लिएका र पार्टीमा सजिलै पुनर्बहाली भएका रवि लामिछानेलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था नै बाधक हुने देखिएको हो ।

    अमेरिकी नागरिकता (ग्रिनकार्ड) त्यागेपछि पनि रद्द भइसकेको पुरानै नेपाली नागरिकता प्रयोग गरेको ठहरिएपछि संवैधानिक पदका लागि मात्र अयोग्य भएका छैनन्, उनले गरेका कामकारबाहीको वैधतामाथि पनि प्रश्न उठेको छ ।

    विदेशको नागरिक बनेसँगै स्वतः बदर भएको नेपाली नागरिकता प्रयोग गरेर यसबीच गरेका सबै कामकारबाही र निर्णय शून्यमा पुगेकाले उनको सिंहदरबार यात्रामा कानुनी चुनौती देखिएको हो ।

    उनले सन् २०१८ मा अमेरिकी नागरिकता त्यागेको आधिकारिक जानकारी काठमाडौँ सिडिओ कार्यालयले माघ १५ गते मात्र पाएको हो । त्यसैले निर्वाचन आयोगले चैतभित्र चितवन २ मा उपनिर्वाचनको मिति तोकेमा रविले उम्मेदवारीसमेत दिन पाउने छैनन् ।

    सोही कारण आइतबार पत्रकार सम्मेलनमा रविले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाप्रति नरम भाषा प्रयोग गरेको अनुमान गरिएको छ ।

    प्रधानमन्त्री प्रचण्डले चाहेमा दुई महिनाभित्रै चितवन २ मा उपनिर्वाचन हुनेछ । यदि उनी उपनिर्वाचनमा उठ्न नपाएमा यसपटकका लागि रविको संसद् यात्रा

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १५ २०७९११:४४:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend