आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

दोहोरो पासपोर्ट कसुरमा रविलाई तीन वर्षसम्म जेल सजाय हुन सक्ने

दोहोरो पासपोर्ट कसुरमा रविलाई तीन वर्षसम्म जेल सजाय हुन सक्ने

  • मिडिया डबली
  • आइतवार, माघ १५ २०७९

  • 3.5K
    SHARES

  • दोहोरो पासपोर्ट कसुरमा रविलाई तीन वर्षसम्म जेल सजाय हुन सक्ने

    काठमाडौं - कानुन व्यवसायी युवराज पौडेल सफलले रवि लामिछानेमाथि दोहोरो पासपोर्ट बोकेको अभियोगमा जेल सजाय हुने बताएका छन् ।

    एकै समयमा नेपाल र अमेरिकी पासपोर्ट बोकेर हिँडेको देखिएकाले सो मुद्दा फौजदारी कसुरको हुने उनको भनाइ छ । रविविरुद्ध यस विषयमा अदालतमा मुद्दा पर्ने र उनीमाथि तीन वर्षसम्म सजाय र डेढ लाख रुपैयाँसम्म जरिवानासमेत हुने सफल बताउँछन् । यतिबेला रविसँग अमेरिकी र नेपाली दुवै पासपोर्ट छ ।

    उनले एकसाथ अमेरिकी र नेपाली पासपोर्ट बोकेको अध्यागमन कार्यालयले पुष्टि गरिसकेको छ । एकै समय दुई देशको पासपोर्ट बोक्नु फौजदारी कसुर हुन्छ । रवि लामिछानेमाथि राहदानी कसुरमा अनुसन्धान रोकिएको छ ।

    लामिछाने गृहमन्त्री भएका बेला प्रहरीलाई अनुसन्धान र छानबिन अघि नबढाउन दबाब दिइएको थियो । तर, उनको सांसद पद खारेज भएकाले प्रहरीलाई राहदानी कसुरमा अनुसन्धान अघि बढाउन बाटो खुला भएको छ । यसबीचमै रविलाई नागरिकता लिन लगाई मन्त्री नियुक्त गर्ने गरी एमाले अध्यक्ष केपी ओलीले गृहकार्य अघि बढाएका छन् ।

    दुई देशको पासपोर्ट बोकेर हिँड्ने रविलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ महिने मन्त्री नियुक्त गर्लान् त ? भन्ने प्रश्न उब्जेको छ । ओली कुनै पनि हालतमा गृह मन्त्रालय प्रचण्डको हातमा पुगोस् भन्ने चाहँदैनन् । त्यसैले उनी जसरी भए पनि रविलाई पुनः गृहमन्त्री बनाउन चाहन्छन् ।

    यसको दुईवटा कारण छ । एक, रविलाई साथमा बोक्दा प्रचण्डलाई साइजमा ल्याउने । अर्को, रविलाई साथ दिएको देखाएर अर्को निर्वाचनमा सहानुभूतिको मत बटुल्ने । त्यही भएर ओलीले रविलाई पुनः मन्त्री नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्डलाई दबाब दिन थालेको स्रोतले बतायो ।

    आफ्नै दम्भले शक्तिशाली चारवटा पद गुमाएका रवि लामिछाने आइतबार नागरिकता पुनः प्राप्तिका लागि काठमाडांै जिल्ला प्रशासन कार्यालय जाने भएका छन् । नागरिकता लिने तयारीका लागि उनी जिल्ला प्रशासन कार्यालय जान लागेका हुन् ।

    बिहान १० बजे सरकारी कार्यालय खुलेलगत्तै उनले नागरिकता लिनेबारे परामर्श गर्ने भएका छन् । तर, रविलाई अब वंशज कि अंगीकृत कुन नागरिकता दिने भन्ने समस्या पनि आइपरेको छ । यसअघि उनले वंशजका आधारमा नेपाली नागरिकता पाएका थिए ।

    तर, अमेरिकी नागरिकता लिएपछि उनको नेपाली नागरिकता स्वतः रद्द भएको छ । अमेरिकी नागरिकता लिएपछि उनी त्यहाँका नागरिक भए । विदेशी नागरिकलाई नागरिकता दिँदा वंशजका आधारमा पाइँदैन ।

    रवि लामिछाने नेपाली बाबुआमाबाटै जन्मे पनि अमेरिकी नागरिक भइसकेकाले उनलाई पुनः वंशजकै आधारमा नागरिकता दिन नमिल्ने कतिपय कानुन व्यवसायीको तर्क छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १५ २०७९११:४९:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend