आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

रवि लामिछानेका नेतालाई संसद् सिकाइभन्दा सत्ता भोगाइको हतार

रवि लामिछानेका नेतालाई संसद् सिकाइभन्दा सत्ता भोगाइको हतार

  • मिडिया डबली
  • शुक्रवार, माघ ६ २०७९

  • 2.8K
    SHARES

  • रवि लामिछानेका नेतालाई संसद् सिकाइभन्दा सत्ता भोगाइको हतार

    काठमाडौं - हालै सम्पन्न आमनिर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात सिट जित्यो । चुनाव जित्नेमा दुईजना युवा नेतृ छन् ।

    काठमाडौं २ बाट सोविता उप्रेती र ललितपुर ३ बाट डा.तोसिमा कार्की छन् । उप्रेती भर्खर भर्खर राजनीतिमा लागेकी हुन् । उमेर ३० वर्ष पनि पुगेको छैन ।

    कार्की उमेरले ३३ वर्ष पुगेकी छन् । तर, राजनीतिमा पूरै भिजिसकेकी छैनन् । पार्टी सभापति लामिछानेले कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । उप्रेतीलाई उपसभामुखको उम्मेदवार बनाउने तयारी गरेका छन् ।

    यद्यपि अहिले कसलाई उपसभामुखको उम्मेदवार बनाउने भन्ने सम्बन्धमा रास्वपाको संसदीय दलको बैठक बसिरहेको छ । कसलाई उपसभामुखको उम्मेदवार बनाउने भन्ने निर्णय केहीबेरमै हुनेछ । यद्यपि रास्वपाले उपसभामुख पाउने भागबन्डा भएकाले चन्दा कार्की, सोविता उप्रेती र इन्दिरा थापामगरमध्ये एकजना हुने बताइन्छ ।

    चर्चामा आएको अर्को नाम सुमना श्रेष्ठले आफू उम्मेदवार नबन्ने प्रस्टीकरण दिइसकेकी छन् । तर, रास्वपाले अहिले तोसिमा र सोवितालाई जसरी हतार हतार संसद् सिकाइभन्दा सत्ता भोगाइका लागि पठाएको छ, त्यसले उनीहरूलाई नै घाटा लाग्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । कार्की मन्त्रालयमा पुगेको केही दिन नबित्दै विवादमा आएकी छन् । स्वास्थ्यमन्त्री एमालेका पदम गिरी छन् । गिरी निकै महत्वाकांक्षी नेता हुन् । पैसा उठाउनेमा उनी माहिर भएको एमाले नेताहरु नै बताउँछन् ।

    आजसम्म स्वास्थ्यमन्त्री र राज्यमन्त्री कोही पनि विवादरहित ढंगले बाहिरिएका छैनन् । अब तोसिमाले के गर्लिन् भन्ने केही समयभित्रै थाहा हुनेछ । उता ल पढेकी र मिडियामा समेत केही समय काम गरेकी सोवितालाई उपसभामुख बन्न हतार देखिएको छ । उपसभामुखको कुनै भूमिका हुन्न । उही राज्यले उपलब्ध गराउने सेवासु्विधा लिने बस्ने हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १५ २०७९११:४९:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend