आइतवार, चैत्र १२ २०७९Mar 26 2023

Logo
images
images

माओवादीमा राष्ट्रपतिका लागि ‘प्यान्डोरा बक्स’ खुला, एमाले के गर्ला अब ?

माओवादीमा राष्ट्रपतिका लागि ‘प्यान्डोरा बक्स’ खुला, एमाले के गर्ला अब ?

  • मिडिया डबली
  • शुक्रवार, माघ १३ २०७९


  • माओवादीमा राष्ट्रपतिका लागि ‘प्यान्डोरा बक्स’ खुला, एमाले के गर्ला अब ?

    काठमाडौं - सत्तारुढ माओवादी केन्द्र राष्ट्रपति निर्वाचनका लागि खुला भएको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा माओवादीले नेपाली कांग्रेस र एमालेसँग छलफल गर्ने निर्णय गरेको हो ।

    बिहीबार बसेको स्थायी कमिटी बैठकमा माओवादी राष्ट्रपति निर्वाचनका लागि सबैसँग छलफल गर्न खुला रहेको जनाउ दिएको हो । अहिलेसम्म एमालेले राष्ट्रपति आफ्नो दलबाट हुने बताउँदै आएको थियो ।

    images
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी ओलीले आफ्नो दलले अघि सारेको राष्ट्रपतिको उम्मेदवारमै सहमति हुनुपर्ने बताएका थिए ।

    ओलीको त्यो अभिव्यक्तिलाई खण्डन गर्ने गरी माओवादीका अध्यक्ष प्रचण्डले मुलुक अब राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा जाने भन्दै त्यसबारे धारणा बनाउन स्थायी कमिटी सदस्यहरूलाई आग्रह गरेका छन् ।

    एमालेसँगको गठबन्धनलाई नै अगाडि बढाउने आफ्नो पूर्ण प्रयास रहने कुरा पनि प्रचण्डले स्थायी कमिटीमा राखेका थिए । उनले एमालेसँग २०७५ सालमा भएको पार्टी एकतादेखि एकता विघटनसम्मका विषय पनि राखेका थिए । राष्ट्रपति निर्वाचनबारे प्रचण्डले सत्ता साझेदार एमालेसँग छलफल चलिरहेको जानकारी दिएका थिए ।

    कांग्रेसले सरकारलाई विश्वासको मत दिएको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा गठबन्धनमा रहेका अन्य राजनीतिक दलका नेताहरूसँग पनि छलफल चलिरहेको उनले बताएका थिए । एमालेले गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार उठाउने भनेको र कांग्रेसले पनि विश्वासको मत दिएपछि राष्ट्रपतिमा दाबी गरेको कुरा प्रचण्डले बताएका थिए । माओवादी नेता देवेन्द्र पौडेलले राष्ट्रपतिमा संविधान रक्षा गर्ने व्यक्तिलाई अगाडि सार्नुपर्ने बताएका छन् ।

    ‘राष्ट्रपतिमा संविधानको व्यवस्थाअनुरुपको व्यक्तित्वलाई अगाडि सार्न सक्यौं भने भोलि हुने सम्भावित दुर्घटनालाई नियन्त्रण, संविधान संरक्षण, सहमति कायम गर्न र अहिलेको बनावट भएको संसद्लाई पाँच वर्ष पूरै लैजान सकिन्छ,’ माओवादीको स्थायी कमिटी बैठकपछि पौडेलले भने, ‘राष्ट्रपतिका लागि एमालेबाहेक सहमति वा कांग्रेसबाहेकको राष्ट्रिय सहमति भनेको होइन ।

    एमाले र कांग्रेससहितको सहमति भनेको हो । सहमतिको व्यक्तित्वलाई अगाडि बढाउन सक्यौं भने राम्रो हुन्छ ।’ उनले कांग्रेसलाई बाइपास गरेर जान नसक्ने बताएका छन् ।

    माओवादीले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा खुला छलफल गर्न तयार रहेको सन्देश दिएपछि एमाले तनावमा परेको छ । माओवादीले १५ सय मतभार मात्र दियो भने पनि गैरकम्युनिस्ट राष्ट्रपतिमा निर्वाचित हुने अवस्था छ । त्यही भएर अब एमालेले कस्तो प्रतिक्रिया जनाउला भन्ने चासो सर्वत्र देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०१:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend