काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं–४ बाट निर्वाचित भएका महामन्त्री गगनकुमार थापालाई बधाई दिएका छन्। एमालेका राजन भट्टराईलाई हराएर ह्याट्रिक गरेका थापालाई शर्माले बधाई दिएका हुन्।
सामाजिक संजाल मार्फत बधाई दिएका शर्माले गगनलाई संसदीय दलको नेता र प्रधानमन्त्रीकारुपमा प्रस्ताव गर्ने बताएका छन्। उनले भनेका छन्, ‘जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ,’ उनले भनेका छन्।
शर्माले झापा–१ बाट जित्ने निश्चित भइसकेको छ। जारी मतगणनामा उनले एमालेका अग्नि खरेललाई फराकिलो अन्तरले पछि पारेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।