काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापा ठूलो मतान्तरले निर्वाचित हुने देखिएको छ। सेतोपाटी डटकमले गरेको प्रक्षेपण अनुसार गगनले एमाले उम्मेदवार राजन भट्टराईलाई ठूलो मतान्तरले हराउने देखिएको हो।
तोपाटीले आइतबार काठमाडौं–४ मा सर्वेक्षण गरेको थियो। ‘हाम्रो टिमले क्षेत्र नम्बर ४ का सबै मतदान केन्द्रमा बिहान ७ देखि ५ बजेसम्म घुमेर ८५९ मतदातालाई प्रत्यक्ष भेटेको छ। यसरी मतदातासँग कुरा गर्दा हामीले सकेसम्म महिला-पुरूष र उनीहरूको उमेर समूहको सन्तुलन मिलाउने प्रयत्न गरेका छौं,’ सेतोपाटीले भनेको छ, ‘हामीले कुराकानी गरेका ८५९ मतदातामध्ये ५०७ जना ले कांग्रेस उम्मेदवार गगन थापालाई भोट दिन्छु भनेका छन्। यो हामीले कुराकानी गरेका मतदाताको ५९ प्रतिशत हो।’
एमाले उम्मेदवार भट्टराईलाई भने २७ प्रतिशतले मात्र मत दिने बताएको सेतोपाटीको दाबी छ। ‘त्यस्तै नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई भोट दिन्छु भन्नेहरू २३२ जना अर्थात् २७ प्रतिशत मात्र छन्,’ सेतोपाटीले अघि लेखेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।