आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images
राजनीतिक बिशेष

बाहिर बाहिर घोचपेच भित्रभित्र सेटिङ, देउवादेखि ओलीसम्मका सबै शीर्ष नेता सुरक्षित

बाहिर बाहिर घोचपेच भित्रभित्र सेटिङ, देउवादेखि ओलीसम्मका सबै शीर्ष नेता सुरक्षित

  • मिडिया डबली
  • बिहिवार, आश्विन २७ २०७९

  • 5.1K
    SHARES

  • बाहिर बाहिर घोचपेच भित्रभित्र सेटिङ, देउवादेखि ओलीसम्मका सबै शीर्ष नेता सुरक्षित
    फाइल तस्वीर

    काठमाडौं - देशभर चुनावी माहोल तातेको छ । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै चुनावी माहोत ह्वात्तै तातेको हो ।

    आयोगले स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्हसमेत दिइसकेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको घोषणा हुनुअघि नेपालमा पूर्वप्रधानमन्त्री हराउ अभियान सुरु भएको थियो ।

    सँगसँगै ६० वर्ष कटेका जुनसुकै दलका नेतालाई पराजित गर्नुपर्ने भन्दै अभियान चलेको थियो । तर त्यो अभियान निष्प्रभावी बनेको देखिएको छ । सामाजिक सञ्जालदेखि मिडियासम्ममा वृद्ध नेताहरू हराउ अभियान सुरु भएसँगै प्रमुख दलका शीर्ष नेताबीच अघोषित सेटिङ भएको पुष्टि भएको छ ।

    अहिले नेपाली कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताको निर्वाचन क्षेत्रमा उठाइएका उम्मेदवार हेर्दा प्रमुख दलका ठूला नेताहरूले अघोषित सेटिङ गरेको प्रष्ट भएको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सबै सुरक्षित छन् ।

    उनीहरूका निर्वाचन क्षेत्रमा सबै दलले कमजोर उम्मेदवार उठाएका छन् । २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका प्रधानमन्त्री देउवाले यस पटक पनि डडेलधुराबाट उम्मेदवारी दिएका छन् ।

    एउटै निर्वाचन क्षेत्रबाट लगातार ६ पटक विजयी नेताको कीर्तिमान बनाएका देउवा यसपटक पनि जित्नेमा निश्चिन्त छन् । किनभने कांग्रेस, माओवादीको गठबन्धन छ । एमालेले आफ्नो उम्मेदवार नै उठाएन ।

    अहिले देउवाको प्रतिस्पर्धी बनेका कर्ण मल्ल २०७४ को चुनावमा डडेलधुरा (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए । लामो समय देउवाको स्वकीय सचिव रहेका र दुईपटक डडेलधुरामा कांग्रेसको नेतृत्व गरेका मल्लको कांग्रेस (बिपी) ले एमालेसँग तालमेल हुँदा पनि पालिका चुनावमा दुईवटा वडाध्यक्ष पद मात्रै जितेकाले पनि कांग्रेसीहरु देउवालाई कुनै चुनौती रहेको देख्दैनन् ।

    यस क्षेत्रबाट सागर ढकालले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। २०४८ सालदेखि झापा ५ बाट चुनावी प्रतिस्पर्धा गर्दै आएका एमाले अध्यक्ष ओलीले २०६४ सालमा पराजय भोगेबाहेक अहिलेसम्म जित्दै आएका छन् । यसपटक सत्ता गठबन्धनका कारण ओलीलाई २०७४ सालको चुनाव जस्तो सजिलो हुने देखिँदैन । ओलीको निर्वाचन क्षेत्रमा कांग्रेसले खगेन्द्र अधिकारीलाई उठाएको छ ।

    अघिल्लो निर्वाचनमा अधिकारीले २८ हजार दुई सय ९७ मत ल्याएका थिए । ओलीले अधिकारीले भन्दा २८ हजार ८ सय ४२ अधिक मत ल्याएका थिए । गएको पालिका चुनावमा वडाको मतका आधारमा हेर्दा झापा ५ मा एमालेले ४१ हजार ६ सय १९, कांग्रेसले २२ हजार २२, माओवादीले १० हजार ७ सय ८८, राप्रपाले ८ हजार ३ सय ५३ र एकीकृत समाजवादीले १ हजार ९ सय ८८ मत पाएका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन– ३ छाडेर गोरखा – २ बाट उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा एमालेबाट अब्दुस मियाँले उम्मेदवारी दिएका छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्डले चारपटक चुनावी प्रतिस्पर्धा गरेका छन् ।

    तर, हरेक पटक उनले क्षेत्र परिवर्तन गरेका छन् । प्रचण्ड उम्मेदवार बनेको गोरखा– २ मा गएको पालिका चुनावमा वडाध्यक्षहरुले पाएको मतपरिणाम हेर्दा माओवादी केन्द्र एक्लैको २२ हजार २५० मत रहेको छ ।

    कांग्रेसको २१ हजार १ सय ३६ र जसपाको सात हजार ५ सय ४ मत छ । यो क्षेत्रमा एमालेको ७ हजार ९ सय २६ तथा राप्रपाको ८ सय ७८ मत मात्र भएकोले पनि गठबन्धनका उम्मेदवार प्रचण्डलाई सहज छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले काठमाडौं २ छाडेर रौतहट– १ बाट उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा एमालेबाट अजयकुमार गुप्ताको उम्मेदवारी परेको छ ।

    उनी हालै जसपाबाट एमाले प्रवेश गरेका हुन् । उनी गत स्थानीय निर्वाचनमा पराजित भएका नेता हुन् । रौतहट–१ मा रहेको पाँचवटा पालिकामा गठबन्धन दलले नै विजय हासिल गरेको हो ।

    गौर र राजदेवी नगरपालिकाको मेयरमा एकीकृत समाजवादी, माधवनारायण नगरपालिकामा नेपाली कांग्रेस, यमुनामाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी र दुर्गा भगवती गाउँपालिकामा नेकपा माओवादीका उम्मेदवारले जितेका हुन् । यसकारण पनि समाजवादीले यसलाई सहज क्षेत्रका रुपमा लिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend