आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

दशैंमा नयाँ नोट साट्ने, निर्वाचनमा पुराना नेता साट्ने

दशैंमा नयाँ नोट साट्ने, निर्वाचनमा पुराना नेता साट्ने

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ७ २०७९

  • 5.2K
    SHARES

  • दशैंमा नयाँ नोट साट्ने, निर्वाचनमा पुराना नेता साट्ने

    काठमाडौं - नेपालमा दशैंले छपक्कै छोपेको छ । अबको तीन दिनपछि घटस्थापना छ । घटस्थापनापछि काठमाडौंमा बसेका धेरै नेपाली आ–आफ्ना घरमा जान सुरु गर्नेछन् ।

    अहिले बस र हवाईको अग्रिम टिकट बुकिङ भइरहेको छ । सँगै दशैंमा नयाँ नोट साट्न नेपाल राष्ट्र बैंक तथा विभिन्न वाणिज्य बैंकमा भीड लागेको छ ।

    दशैंमा नयाँ नोट प्रयोग गर्ने चलन बढ्दै गएको छ । हरेक वर्षको दशैंमा राष्ट्र बैंकले चार–पाँच अर्बको नयाँ नोट निस्कासन गर्ने गरेको छ । दशैंमा पुरानो नोट खासै प्रयोगमा आउँदैन ।

    बालबालिकादेखि वृद्धवृद्धा सबै नयाँ नोट प्रयोग गर्न रमाउँछन् । सँगसँगै निर्वाचनको माहोल पनि निकै तातिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि अहिले प्रमुख दलहरू उम्मेदवार छनोटमा लागेका छन् ।

    सत्तारुढ पाँच दल सिट बाँडफाँडमा जुटेको छ । एमाले भने अन्य दलमा टिकट पाउने अवस्था नदेखेका, विभिन्न घटनाक्रममा मुछिएका, विवादित, नेता कार्यकर्ताले विश्वास गर्न छाडेकाहरूलाई धमाधम भित्र्याइरहेको छ ।

    खासमा भन्नुपर्दा गठबन्धनमा देखिने असन्तुष्टिलाई क्यास गर्न एमाले च्याखे थापेर बसेको छ । दलहरूले असोज २ र ३ गते निर्वाचन आयोगमा समानुपातिक बन्दसूची बुझाइसकेका छन् ।

    बन्दसूचीमा समेटिएका केही अनुहार बारे व्यापक असन्तुष्टि बढेको छ । प्रत्यक्षतर्फ हार्ने डरले समानुपातिकमा बसेको भन्दै विमलेन्द्र निधि, फरमुल्लाह मन्सुर, कृष्णबहादुर महरा, आरजु देउवा, पशुपतिशमशेर राणा, रघुजी पन्त, गोरखबहादुर बोगटीलगायतका नेता समानुपातिकमा बसेपछि नेपाली जनता आक्रोशित भएका छन् ।

    डेट एक्सपायर भइसकेका यस्ता नेताहरूलाई चुनावबाटै पराजित गर्नुपर्नेमा दलहरूले समानुपातिक निर्वाचन प्रणालीको हुर्मत लिएर पुराना नेताहरूलाई सांसद बनाउन खोजेको भन्दै असन्तुष्टि बढेको हो ।

    अझै पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा धेरै पुराना नेताहरू उठ्न लबिङमा लागेका छन् । ६० वर्षभन्दा माथिका नेताहरूलाई हराउनुपर्ने भन्दै अभियान नै चलिसकेको छ ।

    त्यसलै अहिले चोकचोक, चियापसलमा ‘दशैंमा नयाँ नोट साट्ने, निर्वाचनमा पुराना नेता साट्ने’ भन्ने छलफल र गफ सुरु हुन थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक २० २०७७०७:४७:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend