आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसका महाराजा बोल्नै हुन्न कारवाहिको डण्डा

कांग्रेसका महाराजा बोल्नै हुन्न कारवाहिको डण्डा

  • मिडिया डबली
  • आइतवार, आषाढ २८ २०७७

  • 37.1K
    SHARES

  • कांग्रेसका महाराजा बोल्नै हुन्न कारवाहिको डण्डा

    काठमाडौं– नेपाली कांग्रेसका उप–सभापती विमलेन्द्र निधिलाई यतिवेला महाराजाको शंज्ञा दिन थालिएको छ ।

    कारण नेपालको सबैभन्दा ठुलो लोकतान्त्रीक पार्टीका उप–सभापतीलाई आलोचना गर्ने अधिकार आम कार्यकर्ता लाई छैन । उनको सामान्य आलोचना वा उनका बारे टिप्पणी मात्र गरेपनि आम कार्यकर्ता कारवाहिको भागिदार बन्नु पर्छ ।

    भारतले अतिक्रमण गरेको नेपाली भुमि फिर्ता गर्ने अठोट सहित सम्पुण देश एक जुट भैरहेको बेला तिनै निधिलाई छटपटी मात्र भएको छैन । विवादीत अभिब्यक्तीले सिंगो पार्टी नै थप आलोचित भैरहेको छ ।

    तर तिनै महाराजाको विवादास्पत अभिब्यक्ति धाराप्रवाह रुपमा आई रहदाँ नेपाली कांग्रेसका केन्द्रिय तहका नेता पनि अस्वाभाविक रुपमा मौन छ । यसको पिडा तल्लो तहको आम कार्यकर्तामा परेको छ ।  उनलाई प्रश्न सोध्नु त कता हो कता समान्य टिप्पणी गर्दा समेत कारवाहिको शिकार बन्नु परेको छ ।

    विवादमा विमलेन्द्र

    नेपालमा लामो समयदेखि बहसमा रहेको नागरिकता सम्बन्धी विधेयक यतिवेला चर्चामा छ ।  नागरिकता विधयेक चर्चामा आउनुको मुख्य कारण पनि यीनै विमलेन्द्र निधि तथा सरिता गिरी कारणले पनि हो । विमलेन्द्र निधि भारतीय ज्वाइ हुन भने गिरी भारतीय छोरी ।

    भारतले नेपाली भुमि कालापानी, लिपुलेक, लिम्पियाधुरा मिचेर मानशरोवर जाने बाटो विस्तार गरेपछि बल्झदै गएको विबाद विच यो नागरिता विधयेक चर्चामा आयो ।

    भारतले नेपाली भुमि मिचेर नक्सा जारी गरेपछि नेपालले कुटनैतिक प्रयास मार्फत समस्या समाधानको प्रयास गरेपनि भारतले वास्ता गरेन । जसको फल स्वरुप नेपालले समेत आफ्नो मिचिएको भुमि सहितको नक्शा जारी गर्यो।

    नेपालको नक्शालाई कानुनी मान्यता दिन गरिएको संविधान संशोधन विधयेकमा जनता समाजवादी पार्टीकी नेतृ समेत रहेकी सांसद सरिता गिरीले उक्त विधयेक खारेजको माग गदै अर्को संसोधन विधयेक संघिय संसदमा पेश गरिन यसपछि यो विवाद सतहमा आएको हो ।

    विवादीत अभिब्यक्ति दिने र पार्टीको निर्देशनलाई समेत पालना नगरेपछि जनता समाजवादि पार्टीकी नेतृ तथा संसद र साधारण सदस्यताबाट समेत निलम्बिन गर्यो । सरीता गिरीको पार्टी र संसदमा निस्कृय भएपछि नागरिकता विधयेक पुन निधिले विवादास्पद अभिब्यक्ति दिन थाले । नागरिकता विधयेकमा निधिको तर्क विबाह गरेको भोली पल्टै नागरिकता दिनुपर्छ भन्ने छ ।

    नेपाली चेली भारतमा विबाह गरेर जाँदा नागरिकता पाउँन कम्तिमा सात बर्ष कुर्नु पर्ने तर भारतीय चेली नेपालमा विबाह गरेको भोलीपल्टै दिनुपर्ने निधिको तर्क आफैमा रहस्यपुर्ण छ ।

    निधिको यो तर्कलाई आम नागरिक तथा पार्टीका कार्यकताले विरोध गरेका छन । कांग्रेसले नागरिकता विधयेकको विषय निर्णय हुन सकेको छैन । सत्ता रुढ नेकपाले गत असार ६ गते शनिवार बसेको सचिवालय बैठकबाट नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई सात वर्षपछि मात्रै वैवाहिक अङ्गीकृत नागरिकता दिने निर्णय गरेपछि यो विषय अरु बढि चर्चामा आयो ।

    विमलेन्द्रबाट विबादीत अभिब्यक्ती,कार्यकर्तामाथी कारवाहि !

    नेकपाको उक्त निर्णय पछि नेपाली कांग्रेसका उप–सभापती विमलेन्द्र निधिले सरिता गिरीकै शैलीमा उक्त प्रस्तावित नागरिकता विधयेक कडा शैलिमा आपत्ती जनाउँदै यस विरुद्व लगातार विबादीत अभिब्यक्ति दिएका छन् ।

    जसको नागरिक स्तर र आम पार्टी कार्यकर्ताबाट चर्को सर्वत्र विरोध भैरहेको छ । निधिमाथी कतिसम्म टिप्पणी गरिएको छ भने उनि भारतीय ज्वाइ हुन र ससुरालीलाई खुसीपार्न कांग्रेसको औपचारीक निर्णय विना नै राष्ट्रियताको विषयमा विवादीत अभिब्यक्ति दिएको भन्दै चौतर्फी विरोध भैरहेको छ ।

    नागरिक स्तरबाट उक्त विरोधको सामाना गर्न सक्ने हैसियत निधिमा त छैन नै । पार्टीका इमान्दार तथा आस्थावान कार्यकर्तामाथी भने उनले अनुशासनको नाममा डण्डा बर्सा उन सुरु गरेका छन । नेपाली कांग्रेसको अनुशासन विभागलाई समेत दवाबमा राखेर निधिले आफुमाथी असहमती राख्नेलाई स्पष्टिकरण सोध्ने तथा कारवाहिको त्राशमा राख्ने गरेका छन ।

    लोकतान्त्रीक पार्टीमा पंचायती र निरंकुश शासन ब्यावस्थाको झल्को आउने गरि निधिले नेपाली कांग्रेसको अनुशासन समितीको दुरुपयोग गरेको र फरक मत राख्ने विरुद्व कारावाहिको डण्डा वर्साउन थालेको भन्दै कांग्रेस भित्र यसको चर्को आलोचना भैरहेको छ ।

    कतिपय निर्दोश नेता कार्यकर्तामाथी निधिको दवाबमा कारवाहिको प्रक्रिया अगाडि बढाउने क्रियाकलाप विरुद्व शिर्स नेतृत्व मौन रहेनुले थप आक्रोश बढाएको पडितले बताएका छन ।

    nepalicongressbimalendra.jpg

    stautes.jpg

    यो पनि पढ्नुहोस्

    कांग्रेस भित्र विमलेन्द्र निधिको वितण्डा [प्रमाण सहित ]

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ७ २०७९११:३२:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend