बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेसलाई प्रचण्डको फेरि अर्को धम्की, माओवादीलाई दोस्रो ठूलो पार्टी नबनाए ठीक हुन्न

कांग्रेसलाई प्रचण्डको फेरि अर्को धम्की, माओवादीलाई दोस्रो ठूलो पार्टी नबनाए ठीक हुन्न

  • मिडिया डबली
  • आइतवार, श्रावण १५ २०७९

  • 4.5K
    SHARES

  • कांग्रेसलाई प्रचण्डको फेरि अर्को धम्की, माओवादीलाई दोस्रो ठूलो पार्टी नबनाए ठीक हुन्न

    काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि नेपाली कांग्रेसलाई अर्को धम्की दिएका छन् ।

    अहिलेसम्म कांग्रेसको बुई चढेर राजनीतिक सफलता पाउँदै आएका प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई दोस्रो ठूलो पार्टी नबनाए ठीक नहुने धम्की दिएका हुन् । आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने तयारी गरेका

    प्रचण्डले आफू लास्ट इनिङ्स खेल्न इच्छुक रहेको भन्दै कांग्रेसमाथि प्रेसर बनाइरहेका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनका आधारमा मत आए माओवादीले देशभरबाट जम्मा आठ सिट मात्र प्रतिनिधिसभामा जित्न सक्छ ।

    स्थानीय तहको निर्वाचले कांग्रेस पहिलो र एमाले दोस्रो ठूलो पार्टी बनेका छन् । एमालेभन्दा कांग्रेस एक लाख ४४ हजार मतले मात्र पछाडि छ । जबकि माओवादीले जम्मा १५ लाख मत पाएको छ ।

    आफ्नै बलबुत्ताले देशभर १० सिट पनि जित्न सक्ने सामथ्र्य नराख्ने माओवादीका अध्यक्ष प्रचण्डको दोस्रो ठूलो पार्टी बनाइदिनुपर्ने धम्कीले कांग्रेस कार्यकर्ता र मतदाता रुष्ट बनेका छन् ।

    यही ढंगले प्रचण्ड अघि बढिरहे उनी देशका जुनसुकै निर्वाचन क्षेत्रबाट उठे पनि पराजित हुने निश्चित छ । शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा सम्बोधन गर्दै प्रचण्डले देशमा अब माओवादी नाम भएको माओवादी केन्द्र मात्र बाँकी रहेको बताए ।

    ‘यो चुनावमाबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरुको काम छैन भन्ने स्पष्ट भयो,’ उनले भने, ‘किरण माओवादी काम छैन, विप्लव माओवादीको पनि अब अर्थ छैन, बाबुराम त माओवादी नै होइनन्, तिनको त हिसाबै भएन । १० वर्षपछि आएर देशमा एउटा मात्रै माओवादी छ र यसको एउटै नेतृत्व प्रचण्ड मात्रै छ भन्ने पुष्टि भएको छ ।’

    प्रचण्डले स्थानीय तहमा झण्डै १७५ आसपास सिट पाउने सम्भावना चुनावी तालमेलको तिक्तताको कारण पूरा हुन नसकेको दाबी पनि गरे । ‘१२२ पुग्यौं । ५० सिट गुमायौं,’ उनले भने, ‘२० सिट आए पनि तेस्रो हुन्थ्यौं तर त्यो निर्णायक हुँदैनथ्यो ।

    अहिले हामी निर्णायक तेस्रो शक्ति छौं ।’ उनले एकपटक पुनः देशको बागडोर माओवादीका हातमा ल्याएर सुशासन र विकासको उदाहरण पेस गर्ने आफ्नो धोको रहेको बताए । जबकि उनले सरकार चलाएका बेला देशका सबै सरकारी संगठनको हुर्मत लिइएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend