आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images

मन्त्री आले लिए कडा एक्सन, जेल हाल्ने चेतावनीपछि सिंहदरबारमा उत्पात 

मन्त्री आले लिए कडा एक्सन, जेल हाल्ने चेतावनीपछि सिंहदरबारमा उत्पात 

  • मिडिया डबली
  • मंगलवार, आषाढ ७ २०७९

  • 3.0K
    SHARES

  • मन्त्री आले लिए कडा एक्सन, जेल हाल्ने चेतावनीपछि सिंहदरबारमा उत्पात 

    काठमाडौँ । वायुसेवा कम्पनीहरूको हवाई उडान रोके सरकारले कारबाही गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान क्षेत्र अत्यावश्यक क्षेत्र भएकोले कुनै पनि हालतमा सेवा बन्द गर्न नपाउने बताएको छ। साथै सेवा बन्द गरे कारबाही गरिने पनि चेतावनी दिएको छ।

    संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेलेसमेत वायुसेवा कम्पनीहरूले सेवा अवरुद्ध गरे कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन्। उनले वायुसेवा कम्पनीका सञ्चालकहरूलाई जेल हाल्नेसम्मको चेतावनी दिएका छन्।

    मंगलबार पत्रकार सम्मेलन गरेर वायुसेवा सञ्चालक संघले भोलिदेखि सबै उडान रोक्ने निर्णय गरेको थियो। यसको जवाफमा मन्त्री आलेले यो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सल्लाह गरिसकेको बताउँदै सेवा अवरुद्ध गरे कडा एक्सनमा उत्रिने चेतावनी दिएका हुन्।

    आन्तरिक उडान सेवा दिँदै आएका वायुसेवा कम्पनीहरूलाई बेस व्यवस्थापन न्यायोचित र समन्वयात्मक नभएको भन्दै मंगलबार वायुसेवा संचालक संघले नियमित र उद्धार उडानसमेत अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ३ २०७८०८:४४:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend