बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेसलाई तर्साउन प्रचण्डले प्रधानमन्त्रीको अफर आएको हल्ला चलाएको एमाले नेतृले गरिन् खुलासा

कांग्रेसलाई तर्साउन प्रचण्डले प्रधानमन्त्रीको अफर आएको हल्ला चलाएको एमाले नेतृले गरिन् खुलासा

  • मिडिया डबली
  • आइतवार, जेठ २२ २०७९

  • 3.3K
    SHARES

  • कांग्रेसलाई तर्साउन प्रचण्डले प्रधानमन्त्रीको अफर आएको हल्ला चलाएको एमाले नेतृले गरिन् खुलासा

    काठमाडौं - केही दिनयता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई प्रधानमन्त्री बन्न अफर आएको भन्दै हल्ला पिटिरहेका छन् ।

    स्थानीय तहको निर्वाचनमा आशा गरेभन्दा बढी सफलता पाएपछि प्रचण्डले गठबन्धनकै भविष्य धरापमा पर्ने गरी आफूलाई प्रधानमन्त्री बन्न अफर आएको भनेर अभिव्यक्ति दिएपछि माधव नेपालले पनि सोही बेहोराको कुरा सार्वजनिक गरे ।

    प्रचण्ड र माधव नेपालले एमालेबाट प्रधानमन्त्री बन्न अफर आएको रहस्य खुलाएपछि यसको भित्री कारण खोज्न थालिएको छ । यो विषयले एमालेमै पनि हलचल मच्चिएको छ ।

    यही चर्चाबीच एमालेकी सचिव पद्मा अर्यालले गठबन्धनमा बार्गेनिङका लागि प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीको प्रस्वाव गरेको हल्ला चलाएको बताएकी छन् । नेपाली रेडियो नेटवर्कमा आइतबार अन्तर्वार्ता दिँदै उनले भनिन्, ‘एमालेको कुरा एमालेले नै बोल्छ । एमालेको कुरा प्रचण्ड र माधव नेपालले बोल्ने होइन । उहाँहरुको केपी ओलीसँग कुनै भेटघाट भएको छैन ।

    छलफल भएको पनि छैन । यो विषयमा कोही कसैसँग केही कुरा भएको छैन । यो कांगे्रसलाई तर्साउने र गठबन्धनमा आफ्नो पोजिसन र बार्गेनिङ पावर बढाउने हल्ला हो । मैले अहिलेसम्म त्यो सम्भावना देखेकी छैन ।’

    उनले सुन्दा वाम गठबन्धन सुन्दर भए पनि त्यो तत्काल सम्भव नदेखिएको पनि बताइन् । ‘बाहिर जे जति हल्ला आएका छन्, त्यो आफ्नो स्वार्थसिद्धिका लागि गरिएको प्रचार हो ।

    सुन्दा वामगठबन्धन सुन्दर कुरा हो । तर त्यो मनसायका साथ कुनै छलफल भएको छैन । भोलिको दिनमा छलफल भएछ भने अर्कै कुरा हो,’ उनले भनिन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend