बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

निर्वाचनमा कांग्रेसको बुई चढेर धेरै स्थानीय तह जितेपछि प्रचण्डको फुर्ति बढ्यो, कांग्रेस सिध्याउने धम्की

निर्वाचनमा कांग्रेसको बुई चढेर धेरै स्थानीय तह जितेपछि प्रचण्डको फुर्ति बढ्यो, कांग्रेस सिध्याउने धम्की

  • मिडिया डबली
  • बुधवार, जेठ १८ २०७९

  • 10.4K
    SHARES

  • निर्वाचनमा कांग्रेसको बुई चढेर धेरै स्थानीय तह जितेपछि प्रचण्डको फुर्ति बढ्यो, कांग्रेस सिध्याउने धम्की

    काठमाडौं - स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको बुई चढेर धेरै सिट जितेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फुर्ति बढेको छ ।

    विगतको भन्दा ६० प्रतिशत बढी स्थानीय तह कांग्रेसकै सहयोगमा जितेका प्रचण्डले अहिले कांग्रेसलाई नै सिध्याउने धम्की दिएका छन् । उनले एमालेको दम्भ तोडे जस्तै कांग्रेसको दम्भ पनि तोड्ने धम्की दिन थालेका छन् ।

    बुधबार कुमारी हलमा आयोजित पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचितहरूको प्रशिक्षण कार्यक्रममा उनले कांग्रेसका नेताहरूलाई चेतावनी दिएका हुन्।

    कांग्रेसका नेताहरूको व्यवहार हेर्दा एमालेमा जस्तै दम्भ बढ्ने हो कि भन्ने देखिएको भन्दै उनले भने, ‘स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी भइहालियो भनेर प्रदेश र संघको निर्वाचनमा दम्भ देखाउने हो भने एमालेलाई जस्तै तह लगाउन बाध्य हुने छौँ।’

    उनले माओवादी आफू एक्लैले केही नगर्ने, कहिले एमालेलाई ठुलो बनाइदिने अनि कहिले कांग्रेसलाई ठुलो बनाइदिने भन्ने आलोचना आउने गरेको र यो केही हदसम्म सत्य पनि भएको स्विकारे। ‘यो हाम्रो रहर हैन। बाध्यता पनि हो।

    कमजोरी पनि होला। यसले कहिले एमालेको दम्भ बढाए त कहिले कांग्रेसको दम्भ बढाएको पनि छ,’ प्रचण्डले भने, ‘राष्ट्रियताको आवश्यकता, संविधानको आवश्यकताले गठबन्धन बन्छन्। तर बुर्जुवाहरूले त्यसको दुरुपयोग गर्छन्।’

    उनले एमालेसँग गठबन्धन गर्दै एउटै पार्टी असल नियतले बनाए पनि त्यसले एमालेका नेताहरूको दम्भ बढ्दा विद्रोह गर्न बाध्य भएको दाबी गरे। उनले कांग्रेसमा पनि एमालेमा जस्तै दम्भ चुलियो भने एमालेलाई ठेगान लगाए जस्तै कांग्रेसलाई पनि ठेगान लगाउन नपरोस् भन्दै चेतावनी दिए। ‘हामीले मिहिनेत गरेरै प्रधानमन्त्री बनाएको हो। उहाँ (शेरबहादुर देउवा) प्रधानमन्त्री भइराख्नुस् भन्ने नै हो।

    अब माओवादी केही हैन, स्थानीयमा धेरै जितिहालियो भन्ने हो भने एमालेलाई जस्तै तह लगाउन बाध्य हुनुपर्ने अवस्था आउन सक्छ,’ उनले भने । केही समयदेखि माओवादी दोस्रो तहका नेताहरूको भेटघाट एमालेका नेताहरूसँग भइरहेको खबर आउनु र प्रचण्डले कांग्रेसलाई धम्की दिनुको पछाडि संयोग मात्र नभएको विश्लेषण गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend