बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओलीलाई प्रचण्डको काउन्टर अट्याक, दिए यस्तो चुनौती

ओलीलाई प्रचण्डको काउन्टर अट्याक, दिए यस्तो चुनौती

  • मिडिया डबली
  • शनिवार, जेठ १४ २०७९

  • 4.1K
    SHARES

  • ओलीलाई प्रचण्डको काउन्टर अट्याक, दिए यस्तो चुनौती

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

    यसअघि दुवैपटक ओलीलाई प्रधानमन्त्री माओवादीले बनाएको दाबी गर्दै अब एमालेको प्रधानमन्त्री बनेर देखाउन प्रचण्डले चुनौती दिएका हुन् ।

    २०७४ को सङ्‍घीय संसद्को निर्वाचनमा माओवादीले बोकेकै कारण एमाले ठूलो दल भएको र नेकपाको तर्फबाट ओली प्रधानमन्त्री भएको बताए ।

    नेकपा हुँदा पाँचै वर्ष सरकार चलाउन अध्यक्ष ओलीलाई भनिएको र आफू पार्टी सञ्‍चालन गर्ने भन्दा अन्ततः त्यसमा ओलीले अरुची देखाएको प्रचण्डको दाबी छ ।

    यस्तै उनले पाँच दलीय गठबन्धन कमजोर भए वा टुटेको अवस्थामा अझै पनि देश दुर्घटनामा जाने बताएका छन् । गठबन्धन संविधान बचाउन, लोकतन्त्र बचाउन र गणतन्त्रलाई बचाउन बनेको बताए । हाल कांग्रेस नेतृत्वमा पाँच दलीय र एमाले नेतृत्वमा नौं दलीय अर्को गठबन्धन रहेको प्रचण्डले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend