आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images
स्थानीय तह निर्वाचन

एमालेको शर्मनाक पराजय, माओवादीसँगको सिट जित्दा पनि कांग्रेसलाई भेट्न सकेन

एमालेको शर्मनाक पराजय, माओवादीसँगको सिट जित्दा पनि कांग्रेसलाई भेट्न सकेन

  • मिडिया डबली
  • सोमवार, जेठ ९ २०७९

  • 4.3K
    SHARES

  • एमालेको शर्मनाक पराजय, माओवादीसँगको सिट जित्दा पनि कांग्रेसलाई भेट्न सकेन
    फाइल तस्वीर

    काठमाडौं - अहिलेसम्म नेपाली कांग्रेसले तीन सय १९ स्थानीय तहमा जित हात पारेको छ । एमालेले १९५ र माओवादी केन्द्रले १२० स्थानीय जितेका छन् ।

    एमाले र माओवादीको जोड्दा पनि कांग्रेसकै स्थानीय तह बढी छ । एमाले फुटेर बनेको एकीकृत समाजवादीले १७ स्थानीय तह जितेको छ । स्थानीय निर्वाचनको अन्तिम परिणाम आउने क्रममा छ ।

    अब पाँच महानगरपालिका, दुई उपमहानगरपालिकाको नतिजा आउन बाँकी छ । जसमा दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रता लिइरहेको छ ।

    जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसका बागी मनोजकुमार साहले अग्रता लिएका छन् । पाँचमध्ये दुई महानगरपालिकामा कांग्रेस, एकमा माओवादी केन्द्र, एकमा एकीकृत समाजवादी र एकमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । अझै कांग्रेसले दुईवटा महानगरमा अग्रता लिइरहेको छ ।

    माओवादीले भरतपुर महानगर र एमाले तुलसीपुर उपमहानगरमा अग्रता लिएका छन् । यसपटकको निर्वाचनमा कांग्रेसले ६० प्रतिशतभन्दा बढी स्थानीय तह एक्लै जितेको छ ।

    करिब ४० प्रतिशत स्थानीय तह गठबन्धन गरेर जितेको छ । तर कांग्रेसले अघिल्लो स्थानीय तहमा जितेका झन्डै ७० वटा स्थानीय तहमा पराजित हुनुले आमकांग्रेसीजन दुखित भएका छन् ।

    आफूले जितेका स्थानीय तह गुमाउने र अरुले पहिले जितेका स्थानीय तह कांग्रेसले यसपटक आफ्नो कब्जामा पारेको छ । प्रदेश १ को सूर्योदय नगरपालिका, दमक नगरपालिका, विराटनगर महानगरपालिका, धरान, इटहरी, राजविराज, जनकपुर, बद्रिवास, मलंगवा, लालबन्दी, चन्द्रपुर, वीरगन्ज, हेटौंडा, ललितपुर, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज, महेन्द्रनगर, धनगढी कतै पनि एमालेले चुनाव जित्न सकेन ।

    सानातिना सहर र गाउँपालिकामा भने एमालेले सुधार गरेको छ । धरान, धनगढी, जनकपुरधाम, बद्रिवास र काठमाडौंमा स्वतन्त्रले चुनाव जितेका छन् ।

    अन्य ठूला सहरमा कांग्रेस र माओवादीले चुनाव जितेको छ । ठूला सहरका मतदाताले नपत्याउनुले एमालेको शर्मनाक हार भएको विश्लेषण गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend