बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
स्थानीय तहको निर्वाचन

अराजक बन्दै माओवादी, प्रचण्डका कार्यकर्ताको आक्रमणबाट कांग्रेसका चार कार्यकर्ता घाइते

अराजक बन्दै माओवादी, प्रचण्डका कार्यकर्ताको आक्रमणबाट कांग्रेसका चार कार्यकर्ता घाइते

  • मिडिया डबली
  • मंगलवार, बैशाख २७ २०७९

  • 4.0K
    SHARES

  • अराजक बन्दै माओवादी, प्रचण्डका कार्यकर्ताको आक्रमणबाट कांग्रेसका चार कार्यकर्ता घाइते

    काठमाडौं - सत्तारुढ गठबन्धनमै रहेर पनि माओवादी केन्द्रका नेता कार्यकर्ता अराजक बन्दै गएका छन् ।

    स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा माओवादीबाट कांग्रेस नेता कार्यकर्ता कुटिने क्रम जारी छ । विशेष गरेर रोल्पा र रुकुम जहाँ माओवादी बलियो छ, त्यहाँ कांग्रेस कार्यकर्ता दिनहुँ कुटिँदै आएका छन् ।

    यसैक्रममा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट नेपाली कांग्रेसका कार्यकर्ता चार जना घाइते भएका छन् । सोमबार राति ९ बजेतिर बाँफिकोट गाउँपालिका–३, दहस्थित कांग्रेस कार्यकर्तामाथि माओवादीका कार्यकर्ताले आक्रमण गरेका थिए ।

    आक्रमणमा कांग्रेस वडा सभापति सूर्यप्रकाश मल्ल, वडा सदस्य मित्रलाल ओली, राजेश केसी, हुपजंग बोहरा घाइते भएका छन् । राति घरमै बसिरहेकाहरु कांग्रेस कार्यकर्तामाथि माओवादीले आक्रमण गरेर भागेको कांग्रेसको प्रचारप्रसार केन्द्रीय उपसमितिका सदस्य तारक केसीले बताए ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले सोमबार राति कांग्रेसका कार्यकतामाथि आक्रमण भएको खबर आएपछि प्रहरी परिचालन गरिएको र अहिलेको अवस्था सामान्य रहेको डिएसपीले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend