आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भुवन केसी र स्वेता खड्का कांग्रेसमा प्रवेश, देशैभर खुसियाली

भुवन केसी र स्वेता खड्का कांग्रेसमा प्रवेश, देशैभर खुसियाली

  • मिडिया डबली
  • मंगलवार, बैशाख २० २०७९

  • 6.4K
    SHARES

  • भुवन केसी र स्वेता खड्का कांग्रेसमा प्रवेश, देशैभर खुसियाली

    काठमाडौं - अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेस प्रवेश गरेका छन्।

    मंगलबार बिहान कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाउँदै अभिनेता केसी, अभिनेत्री श्वेता खड्का र रवीन्द्र खड्का कांग्रेसमा प्रवेश गरेको हुन्। लोकतान्त्रिक चरित्रलाई आत्मासात गर्ने पुरानो पार्टी कांग्रेस भएकोले नै कांग्रेसमा प्रवेश गरेको केसीले बताए।

    उनले भने, 'पदको आश्वासन पाएर पार्टी प्रवेश गरेको भने होइन। बिचारले ठिक लागेर पार्टी प्रवेश गरेको हुँ।' स्थानीय चुनावको घोषणा भएसँगै भुवन केसी राष्ट्रिय प्रजातन्त्र पार्टीमा जाने हल्ला चलेको पनि थियो।

    पछि उनलाई उन्नत लोकतन्त्र पार्टीले मेयरको उम्मेदवारीको रूपमा उठाउने घोषणा नै गरेको थियो। पछि केसीले आफू त्यो पार्टीबाट मेयर पदमा उठ्न लागेको निराधार रहेको बताएका थिए। २०७० सालको चुनावमा भुवन केसी एमालेमा प्रवेश गरेका थिए। त्यहाँबाट संसदीय चुनावमा सिफारिस भए पनि विरोध भएपछि एमालेले नाम फिर्ता लिएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण ३० २०७९१०:३९:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend