काठमाडौं – अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्। यस अघि आफैले तत्काल विवाह नगर्ने बताएकी श्वेताले मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्।
उनीहरु केही समय यता प्रेम सम्बन्धमा रहेको बताइएको छ। उनीहरुको विवाह कार्ड पनि सार्वजनिक गरिएको छ। सोही कार्डमा उल्लेख भए अनुसार उनीहरुको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ।
विवाहमा श्वेता र विजयन्द्रका परिवारका सदस्यको मात्र उपस्थिती रहने बताइएको छ। कहाँ भेटिएला सिनेमाबाट नेपाली रजतपटमा डेब्यू भएकी श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले २(७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्।
विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो। श्वेतालाई लाखौं दर्शकले पनि दोस्रो विवाह गर्न सुझाब दिइरहेका थिए।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।