आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

यम थापाको निर्देशनमा अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने

यम थापाको निर्देशनमा अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने

  • मिडिया डबली
  • बुधवार, भाद्र १७ २०७७

  • 5.2K
    SHARES

  • यम थापाको निर्देशनमा अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने

    काठमाडौँ- चलचित्र ‘कहाँ भेटिएला‘ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छिन ।

    उनी अभिनित चलचित्र ‘कान्छी’ दुइ वर्ष अघि प्रदर्शनमा आएको थियो । अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्ध भएकी छन् ।

    ‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन् । चलचित्रमा उनी आमाको भूमिकामा देखिने छिन् । चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा बोल्ने छ ।

    कोरोना महामारी र हालको लक डाउनको अवस्था अलिक सहज हुने बित्तिकै चलचित्रको छायाँकन सुरु हुने छ। निर्देशक यम थापाको लेखन समेत रहेको चलचित्रमा छोरीको भूमिका बाल कलाकार सेड्रिना शर्मालाई अफर गर्ने सोचमा छन् ।

    शर्मा अहिले जन्मथलो झापामा भएका कारण कुरा अगाडि बढ्न पाएको छैन । डेब्यू चलचित्र ‘कहाँ भेटिएला’ देखि लभर गर्लको भूमिकामा देखिँदै आएकी श्वेतालाई पहिलो पटक दर्शकले भिन्न भूमिकामा देख्न पाउनेछन् ।

    उनी यो चलचित्रलाई लिएर उत्साहित छिन् । आमाको भूमिका भए पनि चलचित्रमा केन्द्रिय भूमिका श्वेताको रहने निर्देशक थापाले बताए। हाल स्क्रिप्टको कार्य सकायर लोकेसन फाइनल गर्ने कार्यमा लागेका थापाले चलचित्रमा समाबेश अन्य कलाकार तथा प्राबिधिकहरुको जानकारी केसी समयमा गराउने बताए।

    कोरोना महामारीका कारण ठप्प रहेको चलचित्र उद्योगलाइ चलायमान बनाउनु र चलचित्रकर्मी तथा प्राबिधिकहरुलाई आशाबादी बनाउन जरुरि रहेका कारण आफु यो अवस्थामा पनि चलचित्र निर्माणमा जुटेको थापाले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख २० २०७९०१:४४:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend