बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नायिका साम्राज्ञीविरुद्ध भुवन केसीले हाले उजुरी

नायिका साम्राज्ञीविरुद्ध भुवन केसीले हाले उजुरी

  • मिडिया डबली डेक्स
  • बिहिवार, आषाढ १८ २०७७

  • 10.8K
    SHARES

  • नायिका साम्राज्ञीविरुद्ध भुवन केसीले हाले उजुरी

    काठमाडौं - नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहविरुद्ध अभिनेता तथा निर्माता भुवन केसीले उजुरी दर्ता गराएका छन् । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले आफ्नो बारेमा मनगढन्ते र निराधार कुराहरु गरेको भन्दै अभिनेता भुवन केसीले उजुरी दर्ता गराएका हुन् ।


    केसीले बिहीबार नेपाल चलचित्र कलाकार संघमा उजुरी दर्ता गराएका हुन् ।

    नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले केही दिनअघि ठूला ब्यानरका चलचित्रका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको भन्दै निर्माता भुवन केसीलाई ईंगित गर्दै सामाजिक सञ्जालमा भिडियोमार्फत बताएकी थिइन् । साम्राज्ञीले पछिल्लो समय जापनको अवार्ड कार्यक्रमको विषयमा भुवनलाई नै ईंगित गर्दै आफुलाई दुर्व्यवहार गरेको भिडियोमार्फत बताएकी थिइन् ।

    केसीले उनुरीमा लेखेका छन्, 'केहीदिन यता सामाजिक सञ्जालमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले आफ्नो बारेमा मनगढन्ते र निराधार कुराहरु सार्वजनिक गरिरहेकी देखिएकोले सो विषयमा छानबिन गर्नका लागि म आजीवन सदस्य भएकोले निवेदन गर्दछु ।'

    केसीले चलचित्र ड्रिम्स निमार्णको क्रममा आफुले सम्राज्ञीमाथि कुनै किसिमको दुव्यर्वहार नगरेको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर १९ २०७९०९:०९:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend