बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

पार्टी खिइएपछि प्रचण्डले परिवारलाई नै पार्टी बनाउने ! अर्की बुहारीले पद पाउने पक्का !

पार्टी खिइएपछि प्रचण्डले परिवारलाई नै पार्टी बनाउने ! अर्की बुहारीले पद पाउने पक्का !

  • मिडिया डबली
  • मंगलवार, बैशाख ६ २०७९

  • 3.2K
    SHARES

  • पार्टी खिइएपछि प्रचण्डले परिवारलाई नै पार्टी बनाउने ! अर्की बुहारीले पद पाउने पक्का !
    तस्बिर : सामाजिक सन्जाल

    पोखरा - नेकपा माओवादी केन्द्रले पोखराको मेयर र उपमेयरको सिफारिस गरेको छ। वैशाख ३० गते हुने चुनावका लागि माओवादीले मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो।

    मेयरका लागि यसअघि काँग्रेसलाई सघाएर उम्मेदवारी फिर्ता लिएका विश्वप्रकाश लामिछाने, जिल्ला संयोजक बखानसिंह गुरुङ र महिलामा सीता खड्काको नाम सिफारिस गरिएको छ। यस्तै, उपमेयरका लागि यसअघि नै उपमेयरमा पराजीत गोमा ढकाल, प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको महानगरका अध्यक्ष हरिनारायण गिरीले जानकारी दिएका छन्।

    त्रिपाठी अहिले अनेम सङ्घ क्रान्तिकारीको केन्द्रीय सदस्य हुन्। ‘गठबन्धनसँग छलफल भैरहको छ। यहाँ कसले टिकट पाउने टुङ्गो भएको छैन,’ इन्चार्ज दीपक कोइरालाले भने, ‘हामी एक्लै लड्नु परे पनि तयारी अवस्थामा रहेका हौँ।’

    सत्तारुढ गठबन्धन कास्कीमा पनि हुने निर्णय यसअघि नै भैसकेको छ। तर गठबन्धन भित्र सहमति भने भएको छैन। पोखरामा एकीकृत समाजवादीले दाबी गरेको छ।

    तर कास्की काँग्रेसले एक विज्ञप्ति जारी गरेर एकीकृत समाजवादीसँग तालमेल गर्न नसक्ने जनाएको छ। काठमाडौँमा आज बसेको गठबन्धन दलहरूको बैठकमा पनि पोखरा महानगरबारे सहमति जुट्न सकेन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend