काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भरतपुर महानगरमा छोरी रेणु दाहाललाई मेयर नदिए जस्तो सुकै कदम उठाउन तयार हुने भएका छन्।
उनले भरतपुरलाई गठबन्धनको बटमलाइन बनाएका छन् । छोरी रेणु दाहाललाई मेयर बनाउन र आफ्नो निर्वाचन क्षेत्र रहेकाले भरतपुर महानगरपालिकालाई बटमलाइन बनाएका हुन् ।
गठबन्धनको बैठकमा माओवादी केन्द्रले निर्वाचन जितेको र एस पार्टीमा रहेका मेयर उपमेयरलाई टिकट दिने वा सहयोग गर्ने गरी प्रस्ताव आएपछि प्रचण्डको त्यो नियत देखिएको हो।
गठबन्धनमा बनाउन मूख्य भूमिका खेलेका माधवकुमार नेपालले कम्तीमा एउटा महानगरपालिका र एउटा उपमहानगरपालिकाको मेयर पदमा दाबी गरिरहेका छन् ।
माओवादीले भरतपुरसहित कम्तीमा दुई वटा महानगरपालिका दाबी गरिरहेको छ । तर भरतपुर चाहिँ कुनै पनि हालतमा नछोड्ने माओवादीको अडान छ।
भरतपुरमा माओवादी केन्द्र, विराटनगरमा नेपाली कांगेस, वीरगञ्जमा जनता समाजवादी पार्टी जसपा, ललितपुर र काठमाडौं महानगरपालिकामा कांग्रेस र पोखरामा नेकपा एस पार्टीको भागबण्डा गर्ने गरी माओवादी केन्द्रको प्रस्ताव पास भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।