बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

गठबन्धन बैठकअघि नै प्रचण्ड बटारिन थाले, कांग्रेसलाई धोका दिन यस्तो सर्कुलर

गठबन्धन बैठकअघि नै प्रचण्ड बटारिन थाले, कांग्रेसलाई धोका दिन यस्तो सर्कुलर

  • मिडिया डबली
  • मंगलवार, चैत्र २९ २०७८

  • 15.0K
    SHARES

  • गठबन्धन बैठकअघि नै प्रचण्ड बटारिन थाले, कांग्रेसलाई धोका दिन यस्तो सर्कुलर

    काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्थिर चरित्र बोकेका नेता हुन् भन्ने सबैलाई थाहा छ । आफ्नो र परिवारको स्वार्थका लागि उनी जस्तोसुकै हर्कत गर्न सक्छन् भन्ने विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ ।

    माओवादी केन्द्र अहिले सत्तारुढ गठबन्धनमा छ । तर, कांग्रेसलाइ्र्र फेरि पनि देखाइदिने भन्दै प्रचण्डले चलखेल सुरु गरिसकेका छन् । उनले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले सत्ता गठबन्धन गर्ने नगर्ने विषयलाई खुला गरेको छ ।

    माओवादी केन्द्रले सोमबार राति जारी गरेको आन्तरिक परिपत्रमा दलसँग तालमेल हुन नसकेका स्थानीय तहमा गठबन्धन दलसँगै चुनावी प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आए पार्टी केन्द्रको अनिवार्य स्वीकृति लिनुपर्ने भन्दै गठबन्धनलाई अनिवार्य नगरेको हो ।

    माओवादीले गठबन्धन वा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने तर केही स्थानमा गठबन्धन हुन नसक्ने अवस्था आएमा स्थानीय तहबाटै निर्णय गर्ने अधिकारसहित निर्देशन जारी गरेको हो ।

    गण्डकी, लुम्बिनी र प्रदेश १ का अधिकांश स्थानमा माओवादीले एमालेसँग अनौपचारिक रुपमा तालमेल गर्न सक्ने अवस्था रहेका कारण यस्तो निर्देशन जारी गरिएको बुझिएको छ । माओवादीमा वर्षमान पुनलगायतका नेता एमालेसँग तालमेल गर्नुपर्ने पक्षमा छन् ।

    उनी तीन महिनाभन्दा बढी चीनमा स्वास्थ्य उपचार गरेर फर्किएका थिए । चीनले एमाले र माओवादीलाई मिल्न दबाब दिइरहेको छ । त्यसैले वर्षमान पुनको दबाबअनुसार प्रचण्डले तालमेल खुला राख्ने निर्णय गरेका हुन् ।

    स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटका लागि प्रचण्डले सोमबार पार्टी पंक्तिमा यस्तो निर्देशन जारी गरेका हुन् । सोमबार सत्तागठबन्धन दलका शीर्ष नेताहरुको बैठकपछि खुमलटार पुगेर प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

    माओवादी नेतृत्वले तल्लो तहलाई भन्दा पनि भरतपुर महानगरपालिकालगायतका केही स्थानमा मात्रै कांग्रेससँग गठबन्धन गर्ने सोच बनाएको स्रोतको दाबी छ ।

    अन्य स्थानमा जोसँग मिल्दा फाइदा हुन्छ उतै मिल्ने गरी कार्यकर्तालाई निर्देशन जारी गरेको बुझिएको छ । प्रचण्डले ०७४ सालमा पनि कांग्रेसलाई धोका दिएर एमालेसँग सहकार्य गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend