बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

जनता भोकभोकै, ओली र प्रचण्डलाई भ्युटावर उदघाटन गर्न भ्याइनभ्याइ

जनता भोकभोकै, ओली र प्रचण्डलाई भ्युटावर उदघाटन गर्न भ्याइनभ्याइ

  • मिडिया डबली
  • मंगलवार, चैत्र १५ २०७८

  • 6.0K
    SHARES

  • जनता भोकभोकै, ओली र प्रचण्डलाई भ्युटावर उदघाटन गर्न भ्याइनभ्याइ

    काठमाडौं - नेपाली जनता खान नपाएर भोकभोकै छन् । विपन्न वर्गका छोराछोरी पढ्ने स्कुल गतिलो छैन । पानी चुहिएको छाप्रामा पढ्नुपर्ने बाध्यता छ ।

    तर आफूलाई सर्वहारा वर्गको नेता भन्न रुचाउने एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भ्युटावर उदघाटन गर्न भ्याइनभ्याइ छ ।

    ओलीले आफ्नो गृहजिल्ला झापामा पाँच अर्बभन्दा बढीको लागतमा भ्युटावर निर्माण गर्न लगाएका छन् । उनी प्रधानमन्त्री हुँदै भ्युटावर योजना पारिएको हो । जसको काम अहिले तीव्र गतिमा भइरहेको छ ।

    उनै ओलीले ११ करोड लागतमा रुपन्देहीमा निर्माण भएको भ्युटावरको मंगलबार बिहान उदघाटन गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ शंकरनगरस्थित बनबाटिकामा निर्माण गरिएको भ्यू टावरको उद्घाटन गरिएको छ।

    ०७४ चैत्र १५ गते शिलान्यास गरिएको उक्त भ्युटावर चार वर्षमा निर्माण सम्पन्न गरेर मंगलबार उद्घाटन गरिएको हो। शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा एक सय ३४ फिट उचाइमा रहेको भ्युटावर १० तलाको छ।

    साढे ११ करोड बढी लागतमा निर्माण गरिएको भ्युटावर निर्माणमा ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले लगानी गरेको छ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि के कम ? उनले माओवादी जनयुद्धको थालनी भएको रोल्पामा सोमबार ११ तले भ्युटावरको उदघाटन गरे ।

    सो क्रममा उनले माओवादीले ध्वंशमात्र होइन, निर्माण पनि गर्न सक्ने बताए । जबकि त्यही रोल्पामा विपन्न वर्गको अवस्था दयनीय छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend