बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

तल्लो स्तरको गालीगलौजमा उत्रिए ओली र प्रचण्ड, पूर्वप्रधानमन्त्रीको हैसियत नै बिर्से

तल्लो स्तरको गालीगलौजमा उत्रिए ओली र प्रचण्ड, पूर्वप्रधानमन्त्रीको हैसियत नै बिर्से

  • मिडिया डबली
  • मंगलवार, चैत्र १५ २०७८

  • 4.3K
    SHARES

  • तल्लो स्तरको गालीगलौजमा उत्रिए ओली र प्रचण्ड, पूर्वप्रधानमन्त्रीको हैसियत नै बिर्से

    काठमाडौं - केही दिनयता एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निम्नस्तरको गालीगलौजमा उत्रिएका छन् ।

    दुवै देशको दुई–दुईचोटि प्रधानमन्त्री भइसकेका नेता पनि हुन् । तर, जब उनीहरू पार्टीका कार्यक्रममा भाषण गर्न थाल्छन् अनि निम्नस्तरको गालीगलौजमा उत्रिहाल्छन् । ओली र प्रचण्डबीच सशस्त्र माओवादी द्वन्द्वकै बेलादेखि आरोप प्रत्यारोप सुरु भएको हो ।

    एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा गठन भएको तीन वर्षसम्म भने दुई नेता चाटाचाट गर्थे । तर जब ओलीले संसद् विघटन गरे त्यसपछि यी दुई नेताबीच काटाकाटको अवस्थामा सम्बन्ध पुगेको छ ।

    स्थानीय तहको चुनावको मिति नजिकिँदै गर्दा ओली र प्रचण्ड आपसी कटाक्षमा उत्रिएका छन् । गत चैत १२ गते एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै ओलीले भने, ‘प्रचण्डलाई अलिक सच्याउन सकिन्छ कि भनेर ल्याइयो। मैले पहिले पनि भनेँ, ड्रमका ड्रम पानी खर्च भयो। डल्लाका डल्ला साबुन खर्च भयो। धुँदाधुँदा। बागमती नै मैलियो, माओवादीलाई पखाल्दा पखाल्दा, साबुन लाउँदा लाउँदा। ल्याएर घरमै ल्याएर पनि कोसिस गरियो। तर अन्तिममा बागमती मैलियो।’

    त्यसको जवाफमा सोमबार रोल्पामा भएको कार्यक्रममा प्रचण्डले ओलीलाई धोएको तर खलनायक भएर निस्किएको बताए। उनले भने, जसलाई हामीले धोइपखाली गरेर राम्रो बनाउन सकिएला कि भन्ठानेका थियौँ।

    जसलाई नायक बनाउन सकिन्छ कि भन्ठानेका थियौँ। तर तिनी मान्छे खलनायक निक्ले। ती विदेशी दलाल देखापरे। र हामीले संघर्ष गर्नुपर्ने अवस्था आयो।

    हामीले जे सपना देखेर नेपाल कम्युनिस्ट पार्टी नेकपा बनाएका थियौँ। नेपालमा कम्युनिस्ट आन्दोलन लोकप्रिय छ। एउटै कम्युनिस्ट पार्टी बनाएर शान्तिपूर्ण ढंगले समाजवादतिर जान पाइयो भने ४०,५० वर्ष कम्युनिस्टहरु शासन रहला भनेर एकता गरेको थियौँ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend