आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सरकारमा बसेर सडकमा आगो लगाएपछि कमल थापाले देखाइदिए प्रचण्ड र माधवको हैसियत

सरकारमा बसेर सडकमा आगो लगाएपछि कमल थापाले देखाइदिए प्रचण्ड र माधवको हैसियत

  • मिडिया डबली
  • शनिवार, फाल्गुण ७ २०७८

  • 9.1K
    SHARES

  • सरकारमा बसेर सडकमा आगो लगाएपछि कमल थापाले देखाइदिए प्रचण्ड र माधवको हैसियत

    काठमाडौं - सरकारमा पनि बस्ने अनि कार्यकर्तालाई सडकमा ओरालेर आगो लगाउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो हैसियत देखाइदिएका छन् ।

    अमेरिकी सहयोग परियोजना एमसिसीको विरोध गर्दै प्रचण्ड र माधवले सडकमा कार्यकर्ता ओरालेर प्रधानमन्त्री र अमेरिकाको विरोध गरेपछि थापाले यस्तो गाईजात्रा बन्द गर्न सल्लाह दिएका छन् ।

    उनले स्वतन्त्र ढंगले एमसिसीको विरोध गर्न सरकार छाड्न चुनौती पनि दिएका छन् । उनले दुवै नेतालाई दोहोरो चरित्र बन्द गर्न पनि भनेका छन् ।

    शुक्रबार ट्वीटरमा प्रचण्ड र माधव नेपाललाई मेन्सन गर्दै उनले लेखेका छन्, ‘सडकमा ढुंगामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस् । सरकारमा बस्ने अनि सरकारकै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’​ ले संविधान र व्यवस्थाकै खिल्ली उडाएको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष ७ २०७८०३:५२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend